Jana Prahar

बिहिबार, असोज २९ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनमा पनि अहिलेकै खोपहरुले काम गर्ने डब्ल्युएचओको भनाइ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर २२ २०७८
  • 9.9K
    SHARES

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको नियन्त्रणमा पनि हाल प्रयोग भईरहेका खोपले काम गर्ने पाइएको जनाएको छ । ओमिक्रोन भेरियन्टको संक्रमण भए पनि खोप लगाएका ब्यक्तिहरु गम्भीर विरामी नपर्ने डब्ल्युएचओका अधिकारीहरुले बताएका हुन् ।

दक्षिण अफ्रिकाका ओमिक्रोन संक्रमितहरुमा गरिएको परीक्षणले खोपहरुको प्रभावकारिता पुष्टि गरेको हो । यद्यपी कुन हदसम्म खोपले काम गर्छ भन्ने निक्र्यौल भने हुन बाँकी रहेको छ ।

डब्लुएचओका डा. माइक रायनले ओमिक्रोन भेरिन्ट पनि खोपको प्रभावकारिता छल्न अन्य भेरियन्ट भन्दा चलाख नपाइएको बताउनुभयो । खोप लिएका ब्यक्तिहरु पनि ओमिक्रोनबाट गम्भीर विरामी पर्नबाट जोगिने उहाँको विश्वास छ ।

यसअघि फेला परेका कोरोनाका भेरियन्टहरु भन्दा बढी समस्या ओमिक्रोनले नल्याउने डब्ल्युएचओको निष्कर्ष छ । वैज्ञानिकहरुले भने ओमिक्रोनमा अहिलेसम्म विकसित खोपहरु छल्न सक्ने क्षमता बढी रहेको भन्दै सचेत रहन चेतावनी दिईरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४