Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौँ नेशनल मेडिकल कलेज र शुभश्री महिला समूहको संयुक्त आयोजनामा वृहत् स्वास्थ्य शिविर सम्पन्न


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र १५ २०८२
  • 6.9K
    SHARES

काठमाडौँ । काठमाडौँ नेशनल मेडिकल कलेज शिक्षण अस्पताल र शुभ श्री महिला समूहको संयुक्त आयोजनामा वृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शनिवार अनामनगर, घट्टेकुलो स्थित काठमाडौँ नेशनल मेडिकल कलेजमा उक्त शिविर सम्पन्न भएको हो ।

प्रारम्भिक पहिचानले क्यान्सर जित्न सकिने हुँदा आम नागरिकलाई क्यान्सरबाट जोगाउन उक्त शिविर सञ्चालन गरिएको काठमाडौँ नेशनल मेडिकल कलेजका सिइओ जहाँगीर अन्सारीले बताए । उनले शिविरमा फोक्सो, स्तन र पाठेघर जस्ता क्यान्सरहरूको नि:शुल्क परीक्षण गरिएको बताए ।

त्यस्तै अस्पतालका प्रबन्ध निर्देशक बसरुद्दीन अन्सारीका अनुसार उक्त शिविरमा १ हजार १ सय ६५ जना मानिसहरूले आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् । उनले शिविरमा गम्भीर स्वास्थ्य समस्या देखिएका केही बिरामीलाई थप उपचारका लागि अस्पतालमा सिफारिस गरिएको बताए ।

बिहानैदेखि सुरु भएको शिविरमा अस्पतालका विभिन्न विभागका विशेषज्ञ चिकित्सकले बेलुकीसम्म सेवा प्रदान गरिएको अस्पताल मेनेजर दिलीप शाहले जानकारी दिए ।

काठमाडौँ नेशनल मेडिकल कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४