Jana Prahar

बिहिबार, असोज २९ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज २९ २०८३
  • 76
    SHARES

बाँके । पछिल्लो केही दिनयता गाउँघरमा दसैँको चहलपहल र उल्लास बढेको छ । प्रत्येक घरआँगन सरसफाइ र रङरोगन गरी चिटिक्क पारिएको छ ।

वर्षभरि टाढा रहेका आफन्त मान्यजनको हातबाट टीका र जमरा थाप्न गाउँघर फर्किरहेका छन् ।

नेपालगञ्ज–२० मनिकापुर थपुवाका १६ वर्षीय सुभास नेपाली, उनका ११ वर्षीय भाइ अश्विन र नौ वर्षीया बहिनी स्मारिकाका लागि भने यस वर्षको दसैँ खुसी होइन आँसु र पिरलो बोकेर आएको छ ।

आमाबुवा आराम दमाईं र उजना दमाईं भोटेकोशीको बाढीमा बेपत्ता भएको आज ५० दिन पुगिसकेको छ ।

सबैका घरमा आमाबुवाको हातबाट टीका लगाउने र मीठोमसिनो खाने चटारो हुँदा ती तीन कलिला बालबालिका भने आमाबुवा फर्किने आशा र निराशामा दिन बिताइरहेका छन् ।

‘आमाबुवा फर्किएर आउने आशामा बसेको दुई महिना हुन लाग्यो, केही अत्तोपत्तो भएन । दसैँ आयो, आमाबुवा आउनुभएन’, जेठा छोरा सुभास भक्कानिँदै भने, ‘बाढीले आमाबुवालाई बेपत्ता बनाएपछि हामी पूरै सहाराविहीन भयौँ । दसैँ आउँदा आमाबुवाको झन् धेरै यादले सताइरहेको छ ।’

नेपालीको महान् पर्व बडादसैँ घरआँगनमा आइपुगेको छ तर, बाढीमा परी बेपत्ता आराम दमाईं र उजना दमाईं हालसम्म पनि नफर्किदा सहाराविहीन उनका छोराछोरीमा निराश छन् ।

मूल थलो बाजुराको हिमाली गाउँपालिकाबाट नेपालगञ्जको मनिकापुरस्थित थपुवामा बसाइँ सरेका आराम दमाईं र उजना दमाईंका लागि हन्डर र सङ्घर्ष नयाँ कुरा थिएनन् ।

तर, आफ्ना सन्तानले आफूले जस्तै अभाव र दुःख भोग्न नपरोस् भनेर उनीले एउटा ठूलो र सुन्दर सपना बुनेका थिए, छोराछोरीलाई काठमाडौँमा राखेर राम्रो शिक्षा दिने ।

नेपालगञ्जमा सोचेजस्तो रोजगारी नपाएपछि यो दम्पती रसुवा भन्सार कार्यालयको टिमुरेस्थित पार्किङमा मजदुरी गर्न पुगेको थियो ।

दिनरात पसिना बगाएर कमाएको रकमले काठमाडौँमा कक्षा ९ मा पढ्ने सुभास, कक्षा ६ मा पढ्ने अश्विन र कक्षा ४ मा पढ्ने सानी बहिनी स्मारिकाको उज्ज्वल भविष्यको जग बसिरहेको थियो ।

‘आमा–बुवाले रसुवाबाट दुःख गरेर पैसा पठाइदिनुहुन्थ्यो, हामी यहाँ ढुक्कले पढ्थ्यौँ’, छोरा सुभासले भने, ‘अहिले बाढीले दुवैजनालाई बेपत्ता बनाएको छ, हामी सहाराविहीन भयौँ । अब हाम्रो टाउकोमा हात राख्ने कोही छैन ।’ यो शोक केबल एउटा घरमा मात्र सीमित छैन ।

उक्त बाढीमा परी थपुवा गाउँका शेरसिंह रोकाय, विष्णुमती रोकाय र दीपक रोकाय पनि बेपत्ता छन् । नेपालगञ्ज उपमहानगरपालिका–२० कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले बेपत्ता व्यक्तिहरूको खोजीकार्य र बेपत्ता व्यक्तिका परिवारलाई आवश्यक सहयोग र समन्वयका लागि आफूहरूले काम गर्दै आएको जानकारी दिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार, रसुवाबाढीपछि बाँकेका २३ व्यक्ति हालसम्म पनि बेपत्ता छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४