काठमाडौं । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले एमपक्स (Monkeypox) संक्रमणको जोखिम बढेको भन्दै विदेशबाट आउने नेपालीहरूलाई सतर्क रहन आग्रह गरेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै डा. पुनले विशेषगरी मध्यपूर्वी देशहरूबाट आउने नेपालीहरूमा एमपक्सका लक्षणहरू देखिन थालेको उल्लेख गरे। उनले भने, “जहाँ काम गर्नुहुन्छ, त्यहाँ झण्डै ८० प्रतिशत नेपालीहरू छन् र कतिपयमा मिल्दोजुल्दो लक्षण देखिएको छ भन्ने कुरा आएको छ।”
डा. पुनले विदेशबाट फर्किएपछि केही दिन परिवारसँग अलग बस्न सुझाव दिएका छन्। शरीरमा आलस्यता, खान मन नलाग्ने, ज्वरो आउनेजस्ता लक्षण देखिएमा एमपक्सको आशंका गर्न सकिने भन्दै उनले तुरुन्त विशेषज्ञसँग सल्लाह लिनु पर्ने बताए।सङ्क्रमण देखिइरहेका देशबाट आएपछि केही दिन परिवारसँग अलग बस्न आग्रह गर्दै डा. पुनले विशेषज्ञसँग परामर्श लिन अनुरोध गरे । उनले शरीरमा आलश्यता, खान मन नलाग्ने र ज्वरो आएमा पक्कै पनि एमपक्स होला भनेर केही समय अलग बसेर परिवारका सदस्यलाई जोखिममा पर्नबाट जोगाउन आग्रह गरे ।
उनले भने, “यदि तपाईं कुनै संक्रमित क्षेत्रबाट फर्कनुभएको छ भने सकेसम्म केही समय अलग बस्नुस्। यदि त्यो पनि सम्भव छैन भने लक्षण देखिएपछि कम्तीमा परिवारलाई जोखिममा नपार्न छुट्टै बस्नुस्।”
उनले भने ‘एमपक्स जो बिरामीमा पुष्टि भयो, उहाँहरूमा पनि जहाँ काम गर्नुहुन्छ झण्डै झण्डै ८० प्रतिशत नेपालीहरू नै छ । कतिपयमा मिल्दोजुल्दो लक्षणहरू देखिएको छ भन्ने कुरा पनि छ । यसले गर्दा जोखिमको कुरा गरिरहँदा भारतको खुला सिमाना र आवतजावत धेरै हुन्छ भनिरहँदा हामीलाई यो पनि थाहा छ कि नेपालमा अहिले विदेश जाने र त्यसमा पनि मध्यपूर्वी देशमा सबैभन्दा धेरै जाने हुनाले, दैनिक हजारौं मानिस आवतजावत गर्ने कारणले एउटा जोखिम चाहिँ छ । तसर्थ हामीले जहाँबाट सङ्क्रमण आइरहेको भन्ने थाहा छ त्यतातिर उहाँहरू आइसकेपछि कमसेकम लक्षणहरू मिल्यो भने तपाईँहरूले विशेषगरी विशेषज्ञसँग सल्लाह लिनुस् भन्ने सुझाव दिन्छु । र, पक्कै पनि यहाँनेर के गर्ने भन्ने प्रश्न आउँछ तपाईँहरू यदि सङ्क्रमण देखिइरहेको देशहरूबाट आउनुभएको छ भने यहाँ आइसकेपछि सकेसम्म अलिकति अलग बस्दा राम्रो । तर, यदि केहीगरी त्यो पनि भएन भने लक्षण अलि मिल्दोजुल्दो देखियो । शरीरमा आलस्य, खान मन नलाग्ने र ज्वरो आएको छ भने पक्कै पनि सम्भावना एमपक्स होला भनेर अलि अलग बसेर परिवारका सदस्यहरूलाई जोखिममा पर्नबाट आफैँ जोगाउन सक्नुहुन्छ । अहिले पछिल्लो समयमा कोभिड फेरि सक्रिय भएको छ । पक्कै पनि यो त्यति राम्रो त होइन । प्यान्डामिक सकियो भनिरहेपनि यो हामीहरूकै साथमा रहेको छ । यो हराएको देखिएको छैन, बेला बेलामा हामीले तथ्याङ्कलाई आधार मान्ने हो भने सानोतिनो देखिन्छ सङ्क्रमण ।’
कोभिड संक्रमण पनि फेरि देखिन थालेको भन्दै डा. पुनले सचेत रहनुपर्ने उल्लेख गरे। “प्यान्डेमिक सकियो भनिए पनि कोभिड हराएको छैन,” उनले भने, “सङ्क्रमण सानोतिनो भए पनि अझै हाम्रो समाजमै देखिँदैछ।”
स्वास्थ्य मन्त्रालयले पनि विदेशबाट आउने यात्रुहरूलाई लक्षण देखिएमा परीक्षण गर्न, आइसोलेशनमा बस्न र स्वास्थ्य संस्थासँग सम्पर्क गर्न आग्रह गरेको छ।