Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालमा ५० जनामा स्क्रब टाइफसको संक्रमण, मृत्यु भएका १६ जना संक्रमित रहेको पुष्टि


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र ३० २०७८
  • 2.8K
    SHARES

काठमाडौं । २०७२ को भूकम्पपछि नेपालमा देखिन थालेको स्क्रब टाइफस रोग यस वर्ष ५० जनामा देखिसकेको छ ।

एक प्रकारको सानो किर्नाको टोकाइबाट सर्ने यस रोगको लक्षण कोरोना संक्रमणसँग मिल्दो जुल्दो हुने चिकित्सकहरू बताउँछन् । ज्वरो, शरीर दुख्ने नै यसको मुख्य लक्षण हो । ज्वरोको कारण नखुलेका र कोरोना संक्रमण नेगेटिभ देखिएका सबै व्यक्तिहरूले स्क्रब टाइफसको परीक्षण गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह पनि गरेको छ ।

वर्षायाममा देखिने स्क्रब टाइफसका कारण खासगरी नेपालको अधिकांश क्षेत्रमा देखिएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल बताउनुहुन्छ । उहाँका अनुसार यस वर्ष मृत्यु भएकामध्ये १६ जनामा स्क्रब टाइफस पोजेटिभ देखिएको छ । जसमध्ये पाल्पामा सबैभन्दा बढी चार जना मृत्यु भएका व्यक्तिमा स्क्रब टाइफस पोजेटिभ देखिएको प्रवक्ता डा. अधिकारीको भनाइ छ । उहाँका अनुसार चितवन र कैलालीमा मृत्यु भएकाहरूमा पनि संक्रमण देखिएको छ ।

स्क्रब टाइफसको औषधि सहज रूपमा पाइने र परीक्षण पनि सहज भएकाले ज्वरो र ज्यान दुख्ने लक्षण भएका बिरामीहरूमा कोभिड–१९ नदेखिए स्क्रब टाइफसको पनि परीक्षण गर्न उहाँले आग्रह गर्नुभयो । पछिल्लो समय यो रोगका संक्रमित बढ्न थालेसँगै मन्त्रालयले पनि सजग रहन सचेत गराएको छ ।

ज्वरोका कारणहरू खोज्ने क्रममा यस रोगको पनि परीक्षणको सिफारिस गर्न उहाँले स्वास्थ्यकर्मीहरूलाई पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४