Jana Prahar

बिहिबार, असोज २९ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कुलमानको मागबमोजिम सर्वोच्चले गरेन आदेश, सरकारको कुरा पनि सुन्ने भन्दै आइतबार पेशी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १५ २०८१
  • 2.9K
    SHARES

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनस्थापनाका लागि अन्तरिम आदेश माग्दै सर्वोच्च अदालत पुगेका कुलमान घिसिङको रिट निवेदनमाथि अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको छ ।

शुक्रबार उनको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले सरकारको पनि कुरा सुन्ने अदेश गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा शुक्रवार उक्त मुद्दाको पहिलो बहसपछि सरकारको कुरा सुन्नुपर्ने भन्दै आइतवारका लागि पेशी तोकिने जानकारी गराएको हो ।

नवनियुक्त कार्यकारी निर्देशक शाक्यले हितेन्द्रदेव शाक्यले पनि सर्वोच्चमा रिट दायर गरेपछि दुवैलाईसंगै राखेर सुनुवाइ गरि आइइतबारका लागि सुनुवाई तोकिएको हो ।

कुलमानले अन्तरिम आदेश नपाएपछि हितेन्द्रदेव शाक्यले कार्यकारी निर्देशकका रुपमा कामकारबाही अघि बढाउने बाटो तत्कालका लागि खुला भएको छ ।

गत सोमबारको मन्त्रिपरिषद् बैठकले कुलमानलाई विद्यतु प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउँदै हितेन्द्रदेवलाई नियुक्ति गरेको थियो । उक्त निर्णय विरुद्ध असहमति जनाउँदै कुलमानले सर्वोच्च रिट दायर गरेका थिए ।

रिटमा उनले गैरकानूनी तरिकाले आफुलाई हटाइएको भन्दै पुनस्थापना गरिदिन अन्तरिम आदेशको माग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४