Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्न कास्की अदालतको आदेश


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ ८ २०८३
  • 1.1K
    SHARES

काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्ध दर्ता भएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता गर्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश हिमलाल बेल्वासेको इजलासले शुक्रबार निवेदकको मागअनुसार उक्त अभियोग फिर्ता गर्न आदेश दिएको हो ।

अदालतको आदेशसँगै पोखराको सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादीहरूविरुद्ध अब सहकारी ठगीसम्बन्धी अभियोग मात्रै कायम रहने भएको छ ।

यसअघि सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दामा पनि अनुसन्धान तथा अभियोजन भएकोमा अब ती अभियोग फिर्ता हुने भएको छ ।

उक्त प्रकरणमा जोडिएका जीबी भन्ने गितेन्द्रबाबु राई तथा छविलाल जोशी लगायतका प्रतिवादीहरूका सम्बन्धमा पनि सोही प्रकारको मुद्दा फिर्ता हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४