Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधान न्यायाधीश शर्माकाे पदभार ग्रहणमा उपस्थित भइनन् न्यायाधीश मल्ल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ ५ २०८३
  • 1.2K
    SHARES

काठमाडौँ । नवनियुक्त प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माको पदभार ग्रहणमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल अनुपस्थित भएकी छिन्।

प्रधान न्यायाधीश सिफारिसको विषयलाई लिएर असन्तुष्ट रहेकी न्यायाधीश मल्ल मङ्गलबार सर्वोच्च अदालतमा प्रधान न्यायाधीश शर्मालाई स्वागत गर्ने कार्यक्रममा सहभागी नभएकी हुन् ।न्यायाधीश प्रधान उपस्थित नभएपछि वरिष्ठताका आधारमा कुमार रेग्मीले प्रधानन्यायाधीश शर्मालाई फुलमाला पहिरिएर स्वागतसँगै अङ्कमाल गरे।

केही दिन यता सर्वोच्चमा संवैधानिक परिषद्ले गरेको प्रधानन्यायाधीश सिफारिसको विरुद्ध परेको रिटमा दरपीठ भएपछि सो दरपीठ निवेदन उपर निवेदन सर्वोच्च अदालत प्रशासनले होल्डमा राखिदिएपछि सोमबार सतहमा देखिने गरी कामु प्रधान न्यायाधीशको हैसियतमा प्रधानले सर्वोच्च प्रशासनलाई लिखित आदेश दिँदै निवेदन दर्ता गर्न भनेकी थिइन्।

उनले लिखित आदेशमा शर्माको निर्देशनमा न्याय सम्पादनमा अवरोध भएको र सोही अनुसार निवेदन दर्ता नभएको आदेशमा उल्लेख गरेकी थिइन्। कार्यसम्पादन मूल्याङ्कनका आधारमा संवैधानिक परिषद्ले शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४