Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ ७ २०८३
  • 931
    SHARES

काठमाडौं । सर्वोच्च अदालतको आकस्मिक रूपमा आज बसेको पूर्ण बैठक (फूलकोर्ट)ले पूर्वन्यायाधीश हरगोविन्दसिंह प्रधानको योगदानको स्मरण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ ।

प्रधानन्यायाधीशसहित न्यायाधीशहरूको आज बसेको पूर्ण बैठकले पूर्वन्यायाधीश प्रधानको निधनप्रति शोक व्यक्त गर्दै यस दुःखद् घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरी शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको हो ।

बैठकले यही जेठ ६ गते ९५ वर्षको उमेर निधन हुनुभएका पूर्वन्यायाधीश प्रधानन्यायालयमा हुँदा न्याय तथा कानुन क्षेत्रमा राष्ट्रलाई पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै उच्च सम्मानका साथ स्मरण गरेको हो ।

‘स्वर्गीय प्रधान देवानी र फौजदारी कानुनका क्षेत्रमा विशेष दख्खल राख्ने, लगनशील, मिलनसार, सहृदयी, मृदुभाषी एवं अनुभवी न्यायिक व्यक्तित्वका रूपमा स्थापित हुनुहुन्थ्यो’, बैठकपछि सहप्रवक्ता निराजन पाण्डेले जारी गरेका विज्ञप्तिमा भनिएको छ, ‘नेपालको न्यायिक र कानुनी इतिहासमा निष्पक्षता, बौद्धिकता र निष्ठाका पर्यायका रूपमा परिचित निधनबाट न्याय र कानुनका क्षेत्रमा अपूरणीय क्षति पुग्न गएको छ । उहाँको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्वलाई गुमाएको छ ।’

स्वर्गीय प्रधानले वि.सं २०३२ भदौ २३ गते मध्यमाञ्चल क्षेत्रीय अदालतको अस्थायी न्यायाधीश पदमा नियुक्त भई वि.सं २०४८ भदौ १४ गते सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त भएका थिए । उनी २०५१ साल पुस ५ गतेसम्म कार्यरत थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४