Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कान्ति बाल अस्पतालमा शैय्या अभाव


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन २१ २०८०
  • 4.5K
    SHARES

काठमाडौं । बालबालीकाहरुको रेफरल अस्पतालका रुपमा रहेको कान्ति बाल अस्पतालमा मिर्गौला रोगको उपचार, बाल क्यान्सर, बाल मानसिक रोगको उपचार हुँदै आएको छ । यस्तै, बालबालिकाहरुको इन्डोस्कोपी सेवा, मुटु रोगको ओपिडी सेवा सञ्चालन हुने गरेको छ ।कान्ति बाल अस्पतालमा शैय्या अभावएउटै बेडमा तीन जनासम्मको उपचार कान्ति बाल अस्पतालमा शैय्याको अभाव हुँदा बिरामीहरु मर्कामा परेका छन् । 

बालबालीकाहरुको रेफरल अस्पतालका रुपमा रहेको कान्ति बाल अस्पतालमा मिर्गौला रोगको उपचार, बाल क्यान्सर, बाल मानसिक रोगको उपचार हुँदै आएको छ । यस्तै, बालबालिकाहरुको इन्डोस्कोपी सेवा, मुटु रोगको ओपिडी सेवा सञ्चालन हुने गरेको छ । अहिले रुघाखोकी, निमोनिया, ज्वरो र केही मात्रामा झाडापखालाका बिरामीहरु चाप छ । अस्पतालका निर्देशक डा.युवानिधि बसौलाले पर्याप्त शैय्या नहुँदा उपचारमा अफ्ठ्यारो भएको जानकारी दिनुभयो ।  

RAW.01_23_41_02.Still019.jpg

उहाँले एउटा बेडमा दुईदेखि जना तीन जनासम्मलाई उपचार गर्नुपर्ने बाध्यता रहेको बताउनु भयो ।  अस्पतालमा ३३० शैय्या छ । अस्पतालमा पर्याप्त शैय्या नहुँदा एउटा बेडमा खप्टेर बस्नुपर्ने स्थिति रहेको बताउनु भयो । उहाँले नर्सिङ जनशक्तिको पनि अभाव रहेको जानकारी दिनुभयो । डा.बसौलाले गत आर्थिक वर्षमा २ लाख बालबालीकाले उपचार सेवा लिएको जानकारी दिँदै अहिले दैनिक झन्डै नौ सय जना उपचारका लागि आउने गरेको बताउनु भयो । डा.बसौलाले अस्पतालमा एक जना नर्सले ६ देखि ८ जना बिरामीलाई सेवा पु¥याउनुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले कहिलेकाहिँ दुई जना नर्सले पूरै वार्ड हेर्नुपर्ने अवस्था आउने गरेको भन्दै कम्तीमा पनि पाँच सय जनाको हाराहारीमा नर्सिङ जनशक्ती चाहिने बताउनु भयो । हाल अस्पतालमा दुई सय जना नर्स कार्यरत छन् ।

डा.बसौलाले भन्नुभयो, ‘बिरामी संख्या हेर्दाखेरी अहिले गर्मी मौसममा एउटै रेसियोमा बिरामी आउने देखिन्छ । अत्यधिक चाप चाहीँ साउन भदौ महिनामा देखिन्छ । दैनिक हेर्दाखेरी आठ सयदेखि नौ सयको हाराहारीमा ओपीडीमा आउनेको संख्या छ भने इमरजेन्सीमा एक सय ५० देखि दुई सय बिरामी आउने गर्छन् । हाम्रो अहिले तीन सय ३० बेडलेपनि धान्न सकेको छैन । एउटा बेडमा दुई जना तिन जना बसेको देख्न सक्नुहुन्छ ।  अब्जरबेसन वार्डमा २४ घण्टामा तीन चार जना बच्चा बसेकोसम्म भेट्न सक्नुहुन्छ । २५ बेडको अब्जरबेसन वार्ड र २५ बेडको इमर्जेन्सी छ । एउटा बेडमा खप्टेर बस्नुपर्ने स्थिति  छ । २५ बेडमा पनि ५०÷६० जना बालबालीका राख्नुपर्ने अवस्था छ । ओपीडी, फार्मेसी, ल्याबको रिपोर्ट हेर्दा दुई चारदिनदेखि बिरामीको अत्यधिक चाप छ ।

अस्पतालले मिर्गौला रोगको उपचार, बाल क्यान्सर, बाल मानसिक रोगको उपचार, इन्डोस्कोपी, मुटु रोगको ओपिडी सञ्चालन गर्दै आएको छ । दैनिक २० देखि ३० वटा अप्रेसन हुने गरेको जानकारी दिनुभयो । कान्ति बालमा ५२ शैय्याको आइसीयु सञ्चालनमा छ । एक हजार शैय्याको अस्पताल निर्माण गर्ने गरि डिपिआर पूरा भएको जानकारी दिँदै डा.बसौलाले नौ अर्ब ३० करोडको लागतमा पाँच वटा भबन बनाउने योजना रहेको बताउनु भयो । उहाँले इमरजेन्सी बाहेक अप्रेसनका लागि ६ महिनादेखि एक वर्षसम्म कुर्नुपर्ने बाध्यता रहेको बताउनु भयो ।

RAW.01_22_07_24.Still009.jpgडा.बसौलाले भन्नुभयो, ‘एक हजार शैय्याको अस्पताल निर्माण गर्नेगरी डिपिआर पूरा भएको छ । पाँच वटा बील्डीङ बनाउने योजना छ । जसमध्ये तीन वटा हस्पीटल बिल्डीङ र दुई वटा बिल्डिङ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका लागि बनाउन लागेका छौं । खास गरी बेडको संख्या बढाउनुपर्ने देखिन्छ । ३३० बेडले धान्दैन । हामीले ५५० को ओएनएम गरेर स्वास्थ्य मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा पठाइसकेका छौं । त्यो स्वीकृत भएर आएको खण्डमा अस्पतालको बेड संख्या बढ्ने र जनशक्तिपनि बढ्न गइ सेवा प्रबाह गर्न सजिलो हुनेथियो । नेपालका ७७ वटै जिल्लाबाट रेफर आउने, सात वटै प्रदेशबाट रेफर आउने हस्पिटल हो । २०–३० वर्षदेखि एउटै बिल्डीङमा सेवा उपलब्ध छ । जुन हस्पिटलको बिल्डिङ जाइकाले बनाएको थियो ।

अप्रेसन गर्नुपर्ने डेट अलिकति लामो हुन्छ । किनभने नेपाल भरीबाट बालबालिकाको अप्रेसनका लागि रेफरल आउँछ । भनेको जस्तो समयमा अप्रेसनको पालो आउँदैन । जस्तो आज आयो भने ६ महिनादेखि एक वर्षसम्म कुर्नुपर्ने हुन्छ, इमरजेन्सी बाहेक । हामीसंग जम्मा दुई वटा मेजरटी छ । र, कुनै दिनपनि खाली हुँदैन । ६ दिन अप्रेसन गर्दा पनि हामीले भिँड हटाउन सकेका छैनौं । अत्याधुनिक ओटी बनाउने भनेका थियौं, तर त्योपनि सफल हुन सकेन । अप्रेसन थियटरको संख्या बढाउनुपर्ने देखिन्छ । हामीसँग ९५ रोपनी जग्गा छ । जग्गाको अभाव छैन । भवनको अभाव भने खड्किएको छ ।

कान्ति बाल अस्पताल ६१ वर्ष पुग्दापनि हामीसँग एमआरआई सेवा छैन । जाइकाले हालसालै एमआरआई दिँदैछ । त्यसपछि दुई तिन महिना भित्र नै हामीले सेवा शुरु गर्छौं । र, नयाँ सिटि सेवा पनि शुरु गर्दैछौं । एमआरआई गर्नुप¥यो भने अन्यत्र रिफर गर्नुपर्ने बाध्यता छ । हामी कहाँ ६ सय जनाको हाराहारीमा कर्मचारी हुनुहुन्छ । यो आर्थिक वर्षमा ५ करोड ७७ लाख रुपैंया बराबरको उपचार निःशुल्क गरेका छौँ ।’ कान्ति बाल अस्पतालले निकट भविष्यमा नै एमआरआई सेवा सञ्चालन गर्ने योजना बनाएको छ । 

RAW.01_22_31_04.Still014.jpg

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४