Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाजुराको बुढीगंगामा मतदान सम्पन्न, ६६.८३ प्रतिशत मत खस्यो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार २३ २०७९
  • 1.9K
    SHARES

धनगढी । स्थानीय तह निर्वाचन अन्तर्गत बाजुराको बुढीगंगा नगरपालिकामा बिहीबार पुनः भएको मतदान सम्पन्न भएको छ । कडा सुरक्षाकाबीच भएको मतदान साँझ ५ बजे सकिएको हो । १३ हजार ६ सय ५९ मतदाता रहेको बुढीगंगामा कुल ६६.८३ प्रतिशत मत खसेको मूख्य निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

वैशाख ३० गते भएको चुनाव भन्दा झण्डै ९ प्रतिशत कम खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले बताए । उनका अनुसार त्यसबेला ७५.५८ प्रतिशत मत खसेको थियो । बुढीगंगा ९ को त्रिशक्ति मतदान केन्द्रमा सामान्य विवादपछि प्रहरीले थप झडप हुन नदिने हवाइ फायर गरेको थियो । यहाँ आधा घण्टा मतदान रोकिएको थियो । अन्य ठाउँमा भने कुनै पनि विवाद नभएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

बुढीगंगा नगरपालिकामा रहेका १० वटा मतदान स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरी एउटा स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए । मतदान स्थलको सुरक्षा नेतृत्व नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकृतले गरेका थिए ।

१० वटा मतदान स्थल र १९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । नगर प्रमुखमा नेपाली काँग्रेसबाट रङ्गबहादुर खाती र नेकपा एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार रहेका छन् । कांग्रेसका उम्मेदवार खाती गठबन्धनका साझा उम्मेदवार हुन् ।

वैशाख ३० भएको मतदानका क्रममा विवाद भएपछि बुढीगंगामा पुनः मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो । मतगणना गर्ने विषयमा भने निर्णय गर्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४