Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टिकट सुनिश्चित गर्न नेताहरुमा पार्टी परिवर्तनको लर्काे


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज १७ २०७९
  • 5.8K
    SHARES

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेदवार मनोनयन दर्ताको समय नजिकिंदै जाँदा राजनीतिक दलहरु उम्मेदवार छनोटको गृहकार्यमा व्यस्त भएका छन् ।

दलहरुमा उम्मेदवार छनोटको रस्साकस्सी चलिरहँदा नेता तथा कार्यकर्तामा असन्तुष्टि बढ्दै गएको हाे । उम्मेदवार छनोटप्रति असन्तुष्टि जनाउँदै टिकट सुनिश्चितताको लागि निर्वाचनको मुखमा दल अदलबदलको श्रृङ्खला तीब्र बन्दै गएको छ ।

नेकपा माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभाका निर्वतमान सांसद छक्कबहादुर लामा एमाले प्रवेश गर्नुभएको छ । सोमबार एमाले अध्यक्ष केपीशर्मा ओली निवास बालकोटमा अध्यक्ष ओलीको हातबाट टीका ग्रहण गर्दै लामा एमाले प्रवेश गर्नुभएको हो । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी पार्टीले टिकट नदिएपछि माओवादीकै उम्मेदवारविरुद्ध हुम्लामा बागी उठेर चुनाव जित्नुभएका छक्कबहादुरले सबैलाई छक्क पार्नुभएको थियो ।

जम्मा ४७ मतान्तरले चुनाव जित्नुभएका लामा पछि नेकपा माओवादीमै समाहित हुनुभएको थियो । २०४८ सालमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार बन्नुभएका लामाले त्यस समयमा पनि थोरै मतान्तरले चुनाव जित्नुभएको थियो । लामा राजाको शासनकालमा एकपटक मन्त्रीसमेत भइसक्नुभएको थियो । माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहनुभएका लामा हुम्लामा पार्टी भन्दा पनि व्यक्तिगत रुपमा बलिया नेताका रुपमा परिचित हुनुहुन्छ ।

माओवादी केन्द्रले आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि हुम्लाबाट कार्चेन लामालाई सिफारिस गरेपछि असन्तुष्ट हुनुभएका लामा एमाले प्रवेश गर्नुभएको चर्चा छ । तनहुँका चर्चित युवा नेता एंव नेपाली कांग्रेसका महासमिति सदस्य पूर्णबहादुर गुरुङ पनि नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । कांग्रेसको युवा संगठन तरुण दलका नेता समेत रहनुभएका गुरुङ पछिल्लो समय कांग्रेसका पुराना नेता गोविन्दराज जोशी समूह नजिक हुनुहुन्थ्यो ।

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर गुरुङ पार्टी प्रवेश गर्नुभएको हो । लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ एंव निर्वतमान प्रतिनिधिसभा सांसद चन्दा चौधरी केही दिनअघि नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।पार्टीसभापति शेरवहादुर देउवाले नेतृ चौधरीलाई कांग्रेसमा प्रवेश गराउनुभएको हो । सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर समेत रहेका एमाले नेता द्धारिकालाल चौधरी आईतबार नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले आईतबार आफ्नै निवास खुमलटारमा पूर्वमेयर चौधरीलाई पार्टी प्रवेश गराउनुभएको हो । आसन्न निर्वाचनमा नेकपा एमालेबाट टिकट पाउने सम्भावना नदेखेपछि चौधरी माओवादी प्रवेश गरेको एमालेवृत्तमा चर्चा छ । चौधरी मेयरमा दोहोरिन खोजे पनि गएको ५ वर्षे कार्यकाल विवादास्पद भएको भन्दै एमालेले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा टिकट दिएन ।

सुनसरी क्षेत्र नम्बर २ को प्रदेशसभा क बाट उम्मेदवारको आकांक्षी रहनुभएका चौधरी टिकट पाउने सम्भावना नदेखेपछि माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो । बैकल्पिक शक्ति निर्माणको नारा लगाउँदै पत्रकारिता छोडेर राजनीतिमा होमिनुभएका रविन्द्र मिश्र केही दिनअघि राप्रपामा प्रवेश गर्नुभएको छ । राजनीतिमा प्रवेश गरेदेखि एकपछि अर्को खुड्किलोमा असफल देखिनुभएका मिश्रले राप्रपा प्रवेशसँगै वैचारिक धरातलसमेत परिर्वतन गर्नुभएको छ ।

बौद्धिक नेताको रुपमा चिनिएका रामरिझन यादवले पनि लामो समयदेखिको डा.बाबुराम भट्टराईसँगको संगत छोडेर स्वतन्त्र उम्मेदवार दिने घोषणा गर्नुभएको छ । यादवले डा.भट्टराईसँगको लामो समयदेखिको साथ छोड्दै सिरहाका दुई निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । यि त प्रतिनिधि पात्र मात्र हुन् । राजनीतिक दलहरुमा आसन्न निर्वाचनको लागि टिकट सुनिश्चित गर्न पार्टी परिवर्तनको लहर चलेको छ ।

पार्टी परिर्वतनको लर्काे

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४