Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछाप नगरपालिकाका नगरप्रमुख लवश्री न्यौपानेलाई नैतिक संकट, राजीनामा दिने कि पार्टीले भनेको मान्ने ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र ७ २०७९
  • 2.9K
    SHARES

काठमाडौं । रामेछाप नगरपालिकाका नगरप्रमुख एवं रामेछाप कांग्रेसका पूर्व सभापति लवश्री न्यौपाने नैतिक संकटमा परेका छन् ।

निर्वाचन अघि रामेछाप नगरपालिकाको प्रमुखको टिकट लिनु अघि उनले पार्टीको हित विपरीत नलाग्ने र यदी लागेको अवस्थामा राजीनामा दिने व्यहोरोका पत्रमा हस्ताक्षर गरेका थिए । तर अहिले न्यौपानेको नेतृत्वमा पार्टी सभापति पूर्ण बहादुर तामाङ कान्छारामको विरुद्ध जिल्लादेखि केन्द्रीय कार्यालयसम्म विज्ञप्ती जारी गर्नेदेखि लिएर उजुरी परेको छ ।

सभापति तामाङको कार्यशैली गलत भएको भन्दै न्यौपानेसहित जिल्ला कार्यसमितका पदाधिकार र जिल्ला कार्यसमितका सदस्यहरुले विज्ञप्ती जारी गर्दै आएका छन् । जिल्ला कार्य समितिको बैठकमा विवाद भएपछि सभापतिको कार्यशैली सच्याउनु पर्ने माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी सभपाति एवं प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष न्यौपानेको नेतृत्वमा उजुरी दर्ता भएको छ ।

निर्वाचन अघि गरेको लिखित हस्ताक्षरसहितको प्रतिबद्धता पत्र सार्वजनिक भएको छ । सभापति तामाङ पक्षधरका नेताहरुले न्यौपानेले चुनाव अघि गरेको लिखित प्रतिबद्धता र हस्ताक्षरसहितको पत्र सार्वजनिक गरेसँगै पार्टीभित्र नयाँ बहस सुरु भएको छ । न्यौपानेले उक्त पत्रमा पार्टीको तर्फबाट उम्मेदवार भई विजयी भएपछि पार्टीको विधान नियमावली र विधिमा रही जनता र पार्टीकोप्रति उत्तरदायी रही पार्टी नेतृत्वकोसँग समन्वय गरेर काम गर्ने उल्लेख गरेका छन् ।

न्यौपानेले हस्ताक्षर गरेको पत्रमा भनिएको छ,विजयी भएपछि कार्यकाल अवधिभर निरन्तर रुपमा पार्टीको निर्देशनमा रही पार्टीले तोकेको लेवी समेत नियमित बुझाउने र पार्टीको निर्देशन नमानेको अवस्थामा जस्तोसुकै कारवाही भोग्न पनि तयार रहनेछु ।

सभापति तामाङले न्यौपानले पार्टी हित विपरीत आफ्नो विरुद्धमा वक्तव्यवाजी र केन्द्रीय कार्यालयमा उजुरी दर्ता गराएको आरोप लगाउदै आएका छन् । उनले पार्टीभित्र छलफल गर्नुपर्ने विषय बाहिर वक्तव्यबाजी गरेर समाधान नहुने बताउदै बोलाएको बैठकमा छलफलका लागि आउन समेत आग्रह गर्दै आएको छन् ।

चुनाव अघि आफू पार्टी हित विपरीत नलाग्ने लिखित पत्रमा हस्ताक्षर गरेर अहिले सभापतिको विरुद्ध लाग्न मिल्छ भन्ने जन प्रहारको प्रश्नमा लवश्री न्यौपानेले भने,‘म पार्टीको विरुद्ध लागेको छैन, सभापतिको कार्यशैलीको विरोध गरेको हुँ । न्यौपानले गरेको लिखित पत्र अनुसार सभापतिले उनी विरुद्ध कारवाही गर्ने बाटो भने खुलेको सभापति पक्षका एक नेताले बताएका छन्  ।

ती नेताले भने,‘न्यौपानेले चुनाव अघि टिकट पाउनका लागि पार्टी हित विपरीतका गतिविधि गर्दिन भनेर हस्ताक्षर गर्ने, अनि अहिले आएर पार्टीमा विवाद निकालेर रडाको मच्चाउने ? पार्टीको निर्णय मान्ने हो कुनै पनि व्यक्तिको होइन कुनै पनि व्यक्तिले आफ्नो निर्णय लादन खोज्यो भने त्यो सहि हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४