Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

म्यानपावरको दावी : ३३० नेपाली उद्धारपछि दोहामा, ४३७ जना काबुलमा प्रतिक्षारत


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन ३२ २०७८
  • 6.4K
    SHARES

काठमाडौं । नेपालबाट अफगानिस्तानमा नेपाली श्रमिक पठाउने दुई वटा म्यानपावर कम्पनीले ३३० जना नेपालीको उद्धार भइसकेको जानकारी दिएका छन् । वैदेशिक रोजगार विभागले नेपालबाट अफगानिस्तानमा पठाउने कार्यमा संस्थागत रुपमा संलग्न दुई वटा म्यानपावर कम्पनीलाई नेपालीको अवस्थाबारे जानकारी लिएर आउने निर्देशन दिएको थियो ।

विभाग स्रोतका अनुसार एफएसआई वर्ल्ड म्यानपावर कम्पनी र युनिभर्सल कनेक्सन म्यानपावर कम्पनीले विभागलाई ३३० जना श्रमिकलाई उनीहरु कार्यरत सम्बद्ध नियोग र कार्यालयले कतारमा ल्याइसकेको जानकारी दिएका छन् ।

विभागका एक अधिकारीहरु अनुसार दिउँसोसम्म ४३७ जना नेपाली काबुलको अन्तर्राष्ट्रिय एयरपोर्टमा उद्धार गर्न जाने विमानको प्रतिक्षामा रहेको जानकारी ती म्यानपावर कम्पनीले दिएका छन् ।

‘राति अबेरसम्म उद्धार भएकाहरुको यो संख्या बढ्नसक्छ,’ विभागका ती अधिकारीले भने,’हामीले ती म्यानपावर कम्पनीबाट श्रम स्वीकृति नवीकरण गएका नेपालीको पनि विवरण मागेका छौं ।’

विभागले सो विवरणलाई अद्यावधिक गरेर सम्बद्ध सरकारी निकायमा जानकारी गराउने बताएको छ । सरकारले सार्वजनिक गरेको सम्पर्क रजिष्ट्रेसन फारम भर्ने पोर्ट र विभिन्न सम्पर्क नम्बरबाट सोमबार साँझसम्म १३४ जना नेपाली पनि सम्पर्कमा आएका छन् ।

उनीहरुको उद्धारका लागि सरकारले आवश्यक बन्दोबस्त गरिरहेको पररारष्ट्र मन्त्रालयले जनाएको छ ।

काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगहरु तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुमा कार्यरत नेपालीहरुलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन नेपाल सरकारले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्ट्रसंघको कार्यालयहरुलाई औपचारिक पत्राचार पनि गरेको  थियो ।

‘उहाँहरुले हाम्रो आग्रहमा सकारात्मक जवाफ दिनुभएको छ, केही नागरिकको उद्धार भइसकेको छ, केहीको उद्धारको क्रममा हुनुहुन्छ भने कोही बाटोमा हुनुहुन्छ,’ मन्त्रालयकी प्रवक्ता सेवा लम्साफ भन्छिन्,’हामी केही सयमभित्र कति नेपालीको उद्धार भयो भने जानकारी सार्वजनिक गर्छौं ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४