Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गैर आवासीय नेपाली संघ क्यानाडाको अध्यक्ष हुन बोर्ड सदस्य हुनैपर्ने प्रावधान खारेज


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन १७ २०८०
  • 8K
    SHARES

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन) क्यानाडाको हालै सम्पन्न १६ औं अधिवेशनले सर्वसम्मत रूपमा संघको अध्यक्ष हुन एक कार्यकाल बोर्डको सदस्य हुनुपर्ने प्रावधानलाई खारेज गरेको छ ।

उक्त प्रावधान खारेजसँगै अबदेखि संघका सम्पूर्ण सदस्य अध्यक्षका लागि उम्मेदवार हुन पाउने भएका छन् । सो प्रावधान खारेजीका लागि अभियान चलाउँदै आउनु भएका ज्योति वैद्यले यो अत्यन्त महत्वपूर्ण उपलब्धि भएको बताउनु भयो । वैद्यले भन्नु भयो –“ क्यानाडाको कानूनसंग बाझिने यो प्रावधान खारेज गरियोस् भन्ने हाम्रो माग थियो, पूरा भयो ।”

एक वर्ष कार्यकाल बोर्ड सदस्य भएका ब्यक्तिमात्र अध्यक्ष हुन पाउने भन्ने प्रावधान संस्थाका लागि राम्रो हुन्छ भन्ने तर्क पनि केहीको छ । बैद्यले भने यो तर्क ठीक नभएको बताउनुभयो । उहाँले एनआरएन क्यानाडाको हकमा पहिला यो प्रावधान नहँदा त्यसबखत संस्थाको गरिमा धेरै राम्रो भएको तर, पछि जब यो प्रावधान लागू भयो, त्यपछिका अध्यक्षहरूका पालामा संस्थाको साख निकै गिरेको बताउनुभयो ।

अब सो प्रावधान खारेजीसँगै संस्थाको गरिमा बढ्ने उहाँको विश्वास छ । यसले क्यानडामा बस्ने नेपालीहरुलाई उत्साहित बनाएको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४