Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

थाइल्याण्ड र म्यानमार नजान परराष्ट्र मन्त्रालयको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन १३ २०८०
  • 4.5K
    SHARES

काठमाडौं । परराष्ट्र मन्त्रालयले थाइल्यान्ड र म्यानमारमा सूचना प्रविधिको क्षेत्रमा रोजगारीका लागि गएका नेपालीहरू ठगिएको भन्दै सचेत हुन आग्रह गरेको छ ।

शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले नेपालीहरूलाई म्यानमारको कायिन प्रान्तको म्यावडीमा लगेर बन्दी बनाई अवैध काम गर्न बाध्य बनाउने गरेको र तलब/सुविधा पनि नदिइएको जानकारी प्राप्त भएको जनाएको छ ।

नक्कली रोजगारीका विज्ञापनहरू प्रायःसामाजिक सञ्जालमा आउने गरेका देखिएकोले यस्ता झुटा आश्वासनमा नपर्न परराष्ट्रले आग्रह गरेको छ । विदेशमा रोजगारी गर्न जाँदा पर्यटक/भिजिट भिसामा नगई प्रचलित नेपाल कानूनबमोजिम श्रम स्वीकृति लिएर मात्र विदेश जान मन्त्रालयले अनुरोध गरेको छ ।

रोजगारीका लागि विदेश जानुअघि नेपाल सरकारका सम्बन्धित कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूसँग सम्पर्क गरी रोजगारदाता कम्पनी र रोजगारीको बारेमा बुझ्न र आफैंले समेत सम्बन्धित कम्पनी/रोजगारदाताको बारेमा वेबसाइट/टेलिफोन/इमेल मार्फत सम्पर्क गरी जाँचबुझ गर्न पनि परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ ।

बैंकक र यांगुनका नेपाली दूतावासहरूले स्थानीय सरकारसँग समन्वय गरी केही संख्यामा नेपालीहरूको उद्धार गरिसकेको र थप नेपालीको उद्धारको प्रयास भइरहेको परराष्ट्रले जनाएको छ । यसैबीच, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि युरोपेली श्रम गन्तव्य देशमा जान असम्बन्धित व्यक्ति वा संस्थाको अनुचित प्रभावमा नपर्न सुझाव दिएको छ ।

मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत आकर्षक सेवा, सुविधाको प्रलोभन देखाई माल्टा,रोमानिया,पोल्याण्ड,पोर्चुगललगायतका युरोपियन श्रम गन्तव्य देशमा रोजगारी दिने बहानामा लाखौँ रुपैयाँ ठगी गरेको सम्बन्धमा सुक्ष्म अनुसन्धान गरिरहेको जानकारी दिँदै असम्बन्धित व्यक्ति वा संस्थाको अनुचित प्रभावमा नपर्न सुझाव दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४