Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बेलायतमा १०० जना नेपाली नर्स लैजान आवेदन खुला


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन ५ २०८०
  • 4.5K
    SHARES

काठमाडौं । बेलायतले पहिलो चरणमा एक सय जना नेपाली नर्स लैजाने भएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा एक सय जना नर्सलाई बेलायत पठाउनका लागि आवेदन खुलाएको छ ।

नेपाल बेलायतबीच भएको श्रम सम्झौता मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले नर्सलाई रोजगारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो ।

दुई देशबीच गत वर्ष भदौमा श्रम सम्झौता भएको थियो । बेलायत जान इच्छुक नेपाली नर्सहरुले अक्टोवर १९ सम्ममा अनलाइन आवेदन दिन सक्नेछन् । न्यूनतम योग्यता पिसिएल नर्सिङ अध्ययन पुरा गरेको हुनुपर्ने छ भने नर्सिङमा स्नातक तथा स्नातकोत्तर गरेकाले पनि आवेदन दिन पाउने छन् । तर उमेर भने २० वर्षदेखि ४५ वर्षसम्मको हुनुपर्ने छ ।

श्रम सम्झौता अनुसार उनीहरु बेलायतमा पाँच वर्ष बस्न पाउने छन् भने त्यसपछि अनिवार्य रुपमा स्वदेश फर्किनु पर्नेछ । नेपालमा कम्तिमा साढे दुई वर्ष सरकारी मान्यताप्राप्त अस्पतालमा काम गरेको हुनुपर्ने तथा आईईएलटीएसमा ६ दशमलव ५ अङ्क ल्याई उत्तीर्ण भएको हुनुपर्ने छ ।

बेलायत पुगेर त्यहाँको नर्सिङ काउन्सिलबाट परीक्षा पनि पास गर्नुपर्ने प्रावधान पनि राखिएको छ । सवै प्रक्रिया पूरा गरेर जान पाउनेहरुले कुनै शुल्क भने तिर्नुपर्ने छैन । बोयतमा वार्षिक ५८ लाख रुपैयाँसम्मको तलब उनीहरुले पाउनसक्ने बताइएको छ ।

दर्तावाला नर्सले सीप र क्षमताको आधारमा ३ वर्ष वा त्यो भन्दा बढी अवधि काम गर्न पाउनेछन् । सम्झौताअनुसार आईएलटीएस र ओईटी, भिसा र टिकटमा लाग्ने खर्चको रकम बेलायत सरकारले शोधभर्ना गर्नेछ । त्यस्तै बेलायतको एनएमसीमा दर्ता हुनका लागि लाग्ने खर्चको पनि शोधभर्ना हुनेछ । छनोट हुने नेपाली नर्सले वैदेशिक रोजगार कल्याणकारी कोषको शुल्क मात्र बेहोर्नुपर्नेछ ।

ब्रिटिस काउन्सिल नेपालले आईएलटीएसको पेपर परीक्षा विराटनगर, विर्तामोड, बुटवल, चितवन, काठमाडौं र पोखराबाट लिने व्यवस्था गरेको छ । आईएलटीएसको कम्प्युटर परीक्षा भने काठमाडौंबाट मात्रै दिन मिल्ने व्यवस्था छ । त्यस्तै ओईटीको पेपर परीक्षा भने युनिभर्सल ल्याङग्वेज एन्ड कम्युटर इन्स्टिच्युट, काठमाडौं र चितवन मेडिकल कलेज, भरतपुरमा हुनेछ । ओईटी कम्प्युटर परीक्षा भने फुलब्राइट कमिसन, काठमाडौंमा हुने व्यवस्था मिलाइएको छ । यसका लागि ३५ हजार रुपैयाँ लाग्नेछ । यो रकम छनोट भएर जानेको मात्रै शोधभर्ना हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४