Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खोप खरिदमा अनियमितता नभएको मन्त्री त्रिपाठीको दावी, नेताहरूलाई बुझेर बोल्न आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २८ २०७८
  • 7.9K
    SHARES

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्देयश त्रिपाठीले खोप खरिदमा अनिमियता भएको भन्ने तथ्यहीन कुरा नबोल्न नेताहरूलाई आग्रह गर्नुभएको छ ।

मन्त्रालयले सोमबार गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले खोप खरिदमा १ रुपैयाँ पनि कमिसन नदिएको स्पस्ट पार्दै बुझेर मात्र बोल्न सांसद र नेताहरूलाई आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘कुनै तथ्य डेटा छैन भने हामी सहयोग गर्न तयार छौँ तर बुझेर मात्र बोल्नुस्, अफवाह नफैलाउनुहोस् ।’

सरकारले जिटुजी मार्फत सहुलियतामा ४ डलरमा खोप खरिद गरेको भन्दै उहाँले ४ डलरमा नै कसैले खोप खरिद गरेर ल्याउँछ भने सरकार १ करोड डोज खोप खरिद गर्न तयार भएको बताउनुभयो ।

खोप खरिद गर्न विभिन्न देशहरूसँग छलफल गरिरहेको बताउँदै मन्त्री त्रिपाठीले कोभ्याक्सले भारतको सिरम इन्स्टिच्यूटसँग नै खोप खरिद गर्न खोजेकोले त्यसबाट खाउने खोपमा समेत केही ठिलाई भएको स्पस्ट पानुभयो ।

कोरोना संक्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजनको सहजताका लागि निजी क्षेत्रलाई आह्वान गर्दै उहाँले महामारीको समयमा अक्सिजनको दुरूपयोग र कालोबजारी नगर्न पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४