Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यसपालि किन फुलेन गुराँसेमा गुराँस ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख ३ २०७८
  • 20.8K
    SHARES

दैलेख । यो वर्ष गुराँसे वनमा गुराँस फुलेको छैन।

अघिल्ला वर्षमा यतिबेला गुराँस फुलेर रातै देखिने दैलेखको गुराँसे क्षेत्र यसपालि उराठलाग्दो छ।

माघदेखि नै गुराँस फुलेर ढकमक्क हुने यो क्षेत्रमा फागुन महिना सकिनै लाग्दा पनि गुराँस नफुलेको स्थानीय बासिन्दा बताउँछन् ।

लागेको कोपिला पनि रुखमै सुक्न थालेको र गुराँस नफुल्दा आफूहरूलाई उराठ लागेको उनीहरू बताउँछन् ।

स्थानीय बासिन्दाहरूका अनुसार सबैभन्दा बढी गुराँस पाइने दैलेखको गुराँसे, गाईबान्ना, पाथीकाल्ना, दोबाटो र दैलेख-सुर्खेत सिमानामा पर्ने रातानाङ्ला, कान्छीबजार, बुबैराखे, धरमपोखराको ओसिलो ठाउँमा मात्र फाट्टफुट्ट गुराँस फुलेको देखिन्छ।

प्रशस्त गुराँस पाइने जाजरकोट, सल्यान, पश्चिम रुकुमजस्ता जिल्लामा पनि पहिलेको जस्तो यसपटक लालीगुराँस नफुलेको स्थानीय बासिन्दा बताउँछन्।

  • कृत्रिम गुराँस हेरेर चित्त बुझाउने

_117562948_photo4.jpg

(गुराँसेको कृत्रिम गुराँस वनमा गुराँस नफुलेपछि कृत्रिम गुराँससँग सेल्फी लिँदै मानिसहरू)

ढकमक्क फुलेको गुराँसको मनोरम दृश्य हेर्न गुराँसे आउने मान्छेहरू निराश भएर फर्किने गरेका छन् ।

वीरेन्द्रनगर सुर्खेतबाट दैलेख गुराँसे पुगेका एसओएस हर्मन माइनर विद्यालयका प्राचार्य जगदीश ढकालले गुराँस फुलेको नदेखेपछि मनै खिन्न भएको बताए ।

उनले भने, ढकमक्क फुलेको वास्तविक गुराँस हेर्ने धोको पूरा नभएपछि कृत्रिम गुराँस हेरेर चित्त बुझाएँ।

गुराँसे क्षेत्रको मनोरम दृश्य हेर्न दैलेखको गुराँस गाउँपालिकाले अग्लो डाँडोमा भ्यू टावर र कृत्रिम गुराँस बनाएको छ।

अहिले दैनिक ४-५ सय मान्छेहरूले कृत्रिम गुराँस हेर्ने गरेको भ्यू टावरमा कार्यरत तिलक जीसीले बताए।

उनले भने, गुराँस हेर्न हौसिएर आउनेहरू कृत्रिम गुराँस हेरेर चित्त बुझाउने गर्छन्।

कहिल्यै पनि गुराँस नदेखेकाहरू गुराँस कस्तो हुन्छ भनेर हेर्न खोज्छन, त्यतिबेला मैले नजिकै रहेका सक्कली गुराँसका रुख र नक्कली गुराँस फुल देखाएर उनीहरूको चित्त बुझाउँछु।

  • शायद फुल्दैनन् होला

त्रिकुटेश्वर शिव कालिका धार्मिक पर्यटन वन समूहका अध्यक्ष सोमप्रसाद आचार्यलाई गुराँस नफुल्दा धेरै नरमाइलो लागेको छ।

उनी भन्छन्, ‘यतिबेला ढकमक्क भएर फुलिसक्ने गुराँस शायद अब फुल्दैन होला।’

गुराँस संरक्षणमा जुटेका उनी भन्छन्, ‘गुराँस हेर्न लालयित भएर आउनेहरू किन गुराँस फुलेनरु भनेर प्रश्न गर्छन्, हामीसँग जवाफ छैन।’

केही वर्ष अघिसम्म कतैकतै सेतो गुराँस देखिएपनि अहिले सेतो गुराँस लोप भैइसकेको र गुराँसे क्षेत्रमा रातो गुराँस मात्रै पाइने गरेको उनीहरू बताउँछन्।

पानीको मूल नजिक र ओसिलो ठाउँका एक-दुई वटा रुखहरूमा गुराँस फुले पनि भदौ-असोज महिनादेखि यता खासै पानी नपरेकोले गुराँस नफुलेको हो कि भन्ने उनीहरू अनुमान गर्छन्।

२४ वर्ष अघि पनि गुराँसे क्षेत्रमा अहिलेकै जस्तो गुराँस नफुलेको कतिपय बुढापाकाहरू बताउँछन्।

  • पानी नपाउँदा गुराँस फुलेन

त्रिभुवन विश्वविद्यालय वनस्पतिशास्त्र केन्द्रीय विभागमा प्राध्यापन गर्ने वनस्पतिविद् विजया पन्त जमिनमा पानीको मात्रा कम भएकोले यसपालि गुराँस नफुलेको हुनसक्ने बताउँछिन्।

‘त्यही ठाउँमा अघिल्लो वर्ष फुल्ने यो वर्ष नफुल्ने भनेको सुख्खापनले गर्दा नै हुनुपर्छू, उनी भन्छिन्, ूपानीलाई सोसेर गुराँस फुल्ने भएकोले फुल्नु अघि पानी नपर्दा गुराँस फुल्न सकेन।’

बीबीसी न्यूज नेपालीसँग उनले भनिन्, ‘सुख्खा हुने बित्तिकै सुक्ष्म जीवाणु, र ढुसीले माटो मलिलो र रसिलो बनाउने प्रक्रिया बन्द हुने भएकोले कोपिला लागेपनि गुराँसको फुल फक्रिन नसकेको हुनुपर्छ।’

बिरुवा फुल्नु-नफुल्नु, फल-लाग्नु नलाग्नुमा जलवायु परिवर्तन जस्ता अरू थुप्रै कारण पनि उत्तिकै जिम्मेवार हुने उनले बताइन्।

  • व्यवसाय चौपट

यसपालि गुराँसेमा गुराँस नफुल्दा त्यसको असर होटेल व्यवसायदेखि अरू क्षेत्रमा पनि परेको देखिन्छ ।

गुराँस फुलेको हेर्न आउने आन्तरिक र बाह्य पर्यटकका कारण विगतमा निकै रमझम हुने गुराँसे क्षेत्र यसपटक सुनसान छ।

गुराँस हेर्न आउनेहरूले गर्दा गएका वर्षहरूमा भ्याइनभ्याइ भए पनि अहिले व्यापार व्यवसाय चौपट भएको गुनासो त्यस क्षेत्रका होटेल व्यवसायी गर्छन्।

डेढ दशकदेखि गुराँसेमा होटेल व्यवसाय गदै आएकी यामु पौडेल भन्छिन्, ‘गएका वर्षहरूमा गुराँस हेर्ने याममा दैनिक ६-७ हजार रुपैयाँको व्यापार हुन्थ्यो, अहिले ६-७ सयको पनि हुँदैन।’ स्रोत :बिबिसी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४