कपडाको मास्क लाई कसरी प्रयोग गर्ने ?
जन न्युज नेपाल खबर। नेत्र बहादुर कार्की ।
कोरोना भाइरसको महामारीले अहिले विश्व नै मास्कमय बनेको छ । अहिले बिश्वका धेरै जस्तो मुलुक का सरकारले मास्क अनिवार्य गरेको छ भने धेरै मुलुकमा नागरिक आँफै सचेत भएर मास्क लगाउन थालेका छन् ।
नेपालमा बिना मास्क हिँड्नेलाई संक्रामक रोग ऐनको व्यवस्था अनुसार १०० रुपैयाँ कारबाही गर्ने गरेको छ । तर कस्तो मास्क कसरी लाउनी भन्ने कुरामा धेरै बेखबर रहेको देख्न सकिन्छ ।
नेपालमा कपडाको मास्क भन्दा पनि महँगो र स्वास्थ्यकर्मीले बढी प्रयोग गर्ने सर्जिकल वा एन ९५ जस्ता मास्कहरू धेरैले प्रयोग गर्छन् । तर बाहिर हिँड्दा गैर चिकित्सक वा सर्वसाधारणहरूको लागि कपडाको मास्क पनि लगाउनु उपयुक्त हुने तर्क डब्ल्यूएचओको छ ।
विश्वस्वास्थ्य संगठनकी स्वास्थ्य आपतकाल कार्यक्रमकी सरुवा रोग विशेषज्ञ डा. अप्रिल बलेर सर्वसाधारणको लागि सामान्य हिँडडुलको क्रममा सामाजिक दुरी कायम गरेर हिँड्दा कपडाको मास्क पनि उपयुक्त हुने बताउँछिन् । कपडाको मास्क वा सर्जिकल मास्क लगएनी १ कम्तीमा एक मिटरको सामाजिक दुरी भने कायम गर्नै पर्ने उनले भनेका छन ।
कपडाको मास्क प्रयोग गर्ने तरिका तल रहेका छन।
मास्क प्रयोग गर्नुपूर्व साबुन पानीले २०देखि ६० सेकेण्डसम्म मिचिमिची हात धुनुपर्छ ।
.मास्क शुद्ध र सफा छ या छैन भनेर यकिन गर्नुपर्छ
.मास्क निकाल्ने बेलामा मास्कको दुवैतर्फको डोरीमा मात्रै समाएर नाक, मुख र चिउँडो समेत छोपिनेगरी मास्क लगाउनुपर्छ ।
.झुक्किएर पनि मास्कमा हात पु¥याइयो भने तत्कालै साबुन पानीले हात धोइहाल्नुपर्छ ।
.मास्क निकाल्ने बेलामा पनि मास्क लगाउने बेलामा जस्तै साबुन पानी वा अल्कोहल मिसिएको कुनै बस्तुले हात धुनुपर्छ ।
.त्यसपछि दुवै हातले मास्कको डोरीमा समाएर बिस्तारै मास्क निकाल्नुपर्छ ।
.मास्क खोलीसकेपछि फेरि साबुनपानीले हात धुनुपर्छ ।
अन्त्यमा सबै भन्दा ध्यान दिन पर्ने कुरा अरुले प्रयोग गरेको मास्क प्रयोग गर्नुहुन्न । प्रयोग गरेमा कोरोन भाइरस मात्र नभै अन्य अरु रोग पनि सक्रमण हुन सक्छ ।