Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओमिक्रोन भेरियन्ट र रुघाखोकीको लक्षण मिल्दोजुल्दो : अध्ययन


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष २१ २०७८
  • 14K
    SHARES

ओमिक्रोनबाट संक्रमित भएपछि ज्वरो आउने, निरन्तर टाउको दुख्ने, स्वाद वा गन्ध थाहा नहुने जस्ता कोभिड-१९ आम लक्षण देखिन्छन् । तर बेलायतमा गरिएको एक अध्ययन अनुसार ओमिक्रोनका संक्रमितमा यसअघिको भेरियन्टको संक्रमणमा नदेखिएका केही नयाँ लक्षण समेत रहेका छन् र कतिपय लक्षण रुघाखोकीसँग मिल्छन् ।

 काठमाडौं । हाल विश्वव्यापी बनिरहेको कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टका लक्षण यसअघिका भेरियन्टभन्दा केही फरक देखिएका छन् । यस अघिका कोभिड भेरियन्टभन्दा ओमिक्रोन संक्रामक रहेको तर संक्रमित मानिस गम्भीर बिरामी हुने सम्भावना कम रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । यसैबीच, ओमिक्रोन र रुघाखोकीका लक्षण मिल्ने एक अध्ययनले देखाउँछ ।

 ओमिक्रोनबाट संक्रमित भएपछि ज्वरो आउने, निरन्तर टाउको दुख्ने, स्वाद वा गन्ध थाहा नहुने जस्ता कोभिड-१९ आम लक्षण देखिन्छन् । तर बेलायतमा गरिएको एक अध्ययन अनुसार ओमिक्रोनका संक्रमितमा यसअघिको भेरियन्टको संक्रमणमा नदेखिएका केही नयाँ लक्षण समेत रहेका छन् र कतिपय लक्षण रुघाखोकीसँग मिल्छन् । बेलायतको कोभिड ट्र्याकिङ एप जेडओईमा उल्लेख गरिएका ओमिक्रोनका लक्षण रुघाखोकीसँग मिल्छन् । अर्थात् ओमिक्रोनबाट संक्रमित भएपछि रुघाखोकी लागेको बेलामा झैं नाकबाट पानी बग्ने, टाउको दुख्ने, थकान महसुस हुने, हाछ्युँ र घाँटी दुख्ने जस्ता लक्षण देखिन्छन् ।

‘ओमिक्रोन पोजिटिभ देखिएका अधिकांश मानिसले सामान्य रुघाखोकीका लक्षण महसुस गर्छन् अर्थात् संक्रमणपछि घाँटी दुख्न, नाकबाट पानी बग्न र टाउको दुख्न थाल्छ’, किङ्स कलेज लण्डनमा जेनेटिक ईपिडिमियोलोजीका प्राध्यापक एवं जेडओई एपका संस्थापक टिम स्पेक्टरले बताए ।

रुघाखोकीका लक्षण देखिने ५० प्रतिशत मानिसमा कोभिड संक्रमण देखिन थालेको हुँदा सार्वजनिक सन्देश प्रवाहको तरिका फेर्नुपर्ने पनि स्पेक्टरको भनाइ छ । ‘रुघाखोकी जस्ता लक्षण भएका आधा मानिसमा कोभिड देखिएको हुँदा तत्काल सार्वजनिक सन्देश प्रवाहको तरिका बदलेर मानिसको ज्यान बचाउँन आवश्यक छ’, उनले भने । त्यस्तै, कतिपय ओमिक्रोनका संक्रमितलाई वाकवाकी लाग्ने पनि स्पेक्टरको भनाइ छ । उनका अनुसार पूर्ण एवं बुस्टर खोप लगाएका मानिसमा समेत यो लक्षण देखिन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४