Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चितवनमा औद्योगिक तथ्याङ्क सुचारू, गुनासो राख्न पाइने भएपछि उद्योगी खुसी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ २० २०७७
  • 3.9K
    SHARES

काठमाडौं । कोभिड–१९ का कारण गत चैत्र ११ गतेदेखि स्थगन भएको औद्योगिक गणना मंसिर ११ बाट पुनः थालिएको छ । ३ जिल्लामा कार्यक्षेत्र रहेको तथ्यांक कार्यालय चितवनले यहाँका ५ सय १७ वटा उद्योग प्रतिष्ठानको गणना तथा सर्वेक्षण गरिरहेको र ६० प्रतिशत काम सम्पन्न भइसकेको कार्यालयका प्रमुख यज्ञमुर्ति भण्डारीले बताउनुभयो ।

१० वा १० भन्दा धेरै कर्मचारीहरु संलग्न ठूला उद्योग प्रतिष्ठानहरूको पूर्ण गणना र तथ्यांकीय विधिबाट छनोटमा परेका ९ जनासम्म कामदार भएका साना उद्योग प्रतिष्ठानहरूको सर्वेक्षण भइरहेको छ ।

औद्योगिक उत्पादन, खानी तथा उत्खनन्, विद्युत उत्पादन, प्रसारण तथा वितरण र पानीको आपूर्ति, ढल निकास, फोहर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरू गर्ने ठूला तथा साना सबै उद्योग प्रतिष्ठानहरूलाई समेटी एकिकृत रूपमा राष्ट्रिय औद्योगिक सर्वेक्षण, २०७६ जारी रहेको गृहलक्ष्मी मेटल इण्डष्ट्रिजका प्रमुख कार्यकारी अधिकृत शैलेश श्रेष्ठले जानकारी दिनुभयो । आफ्ना गुनासोहरू राख्न पाउने भएकाले पनि गणना हुनु सुखद भएको उहाँको भनाइ छ ।

राष्ट्रिय जनगणना २०७८ को तयारीमा जुटिरहेको कार्यालयले त्यसअगावै तथ्याङ्क संकलनको सम्पूर्ण कार्यहरू सक्ने गरी तालिका अनुसारनै कामलाई तीव्रता दिएको हो । त्यसका लागि चितवनमा ८ जना गणक खटिएका छन् । राज्यले गरेको यो कार्यबाट प्राप्त तथ्याङ्कलाई सही विश्लेषण गरी उद्योगी व्यवसायिको समस्या समाधानमा सरकार लाग्नुपर्ने हरेराम हरे कृष्ण सुनचाँदी पसलका सञ्चालक अनिल शाक्य बताउनहुन्छ ।

राष्ट्रिय जनगणनापूर्व भएको यो कार्यबाट आएको तथ्याङ्कलाई सरकारले यसै टोकरीमा राख्ने होकी भन्ने चिन्ता उद्योगी व्यवसायीलाई छ । हचुवामा बनाइने नीति र गरिने विकासले कमै परिणाम दिने गर्दछ । त्यसैले गणना मात्रै नभएर आएको नजितालाई विश्लेषण गरी उचित सम्बोधन गर्नु जरूरी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४