Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोदोको रोटी र ढिँडोका यस्ता छन् फाइदा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन ३० २०७६
  • 11.8K
    SHARES

काठमाडौं । नेपाली खानामा कोदोको रोटी तथा ढिँडोका रुपमा कोदोलाई प्रयोग गर्ने गरिन्छ । अझ जाडोयाममा कोदोको ढिँडो धेरैको रोजाइ हुने गर्दछ । पछिल्लो समय चामल हाम्रो भान्सामा धेरै प्रयोग हुन थालेका कारण कोदो विस्थापित हुँदै गएको छ । पहिला चामक कम उत्पादन हुने भएकोले कोदोका परिकार धेरै खाइन्थ्यो ।
पछिल्लो समय गाउँ शहरमा कोदोको ढिँडो लोकप्रिय बन्न थालेको छ । शहरी क्षेत्रमा पनि होटल तथा रेस्टुरेन्टहरुमा विशेष परिकारको रुपमा ढिडो पाक्न थालेको छ । कोदो स्वास्थ्यका लागि पनि निकै लाभदायिक मानिन्छ ।
कोदोमा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायतका पोषक तत्त्व पाइन्छ । कोदोका परिकार शक्ति र ऊर्जाका लागि राम्रो स्रोत हो ।
त्यस्तै तौल घटाउन पनि कोदो खानु राम्रो मानिन्छ । कोदो खाएको धेरै समयसम्म भोक लाग्दैन । जसले गर्दा तौल नियन्त्रणमा सघाउ पुग्ने विज्ञहरु बताउँछन् ।
मुटुका रोगीहरूका लागि कोदोको रोटी खानु धेरै लाभदायक हुन्छ । यसमा प्रशस्त मात्रामा नियासिन हुन्छ, जसले शरीरमा कोलेस्ट्रोलको स्तर घटाएर मुटु रोगको जोखिम पनि कम गर्छ ।
यसबाहेक यसमा भएको पोटेसियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रण राख्न सघाउँछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४