नेपाल पर्यटन फोटो पत्रकार क्लब (पिजे क्लब नेपाल) र पर्यटन बोर्डको सहकार्यमा भएको नेपालको हिउँद ‘थिम’ को फोटो प्रतियोगितामा प्रशन्न बज्राचार्यको फोटो उत्कृष्ट भएको छ ।
शुक्रबार घोषणा गरिएको नतिजा अनुसार विक्रम मगरको फोटो दोस्रो र प्रमिन मानन्धरको फोटोले तेस्रो स्थान हाँसिल गरेका छन् ।
विजेता फोटोग्राफर प्रशन्नले पर्यटन बोर्डको तर्फबाट शुक्लाफाँटाको तीन दिन दुई रातको टुर प्याकेजसँगै नगद ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् भने दोस्रो हुनेले तीन दिन दुई रातको लुम्बिनी टुर प्याकेज, नगद ६ हजार रुपैयाँ र तेस्रो हुनेले तीन दिन दुई रातको चितवन टुर प्याकेजसँगै नगद ५ हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगितामा देशभरबाट २ सय ३० फोटोग्राफरको ५ सय ९ वटा फोटो पठाएका थिए ।
चित्लाङ गाउँमा साइक्लिङ गर्दै गरेको तस्बीर विक्रम मगरले क्यामेरामा कैद गरेका हुन् । पानी परेपछि बढेको चिसो छल्न न्यूरोडमा आगो तापिरहेकाहरु । तस्वीरः प्रमिन मानन्धरहिमाली भेगमा भेटिएका एक बालक क्यामेरा देखेपछि मुस्कुराउँदै । तस्वीरः विजय गुरूङटोखामा एकाविहानै देखिएको सूर्योदयको दृश्य । तस्वीरः दिनेश गोले लुम्बिनीको सडकमा भेडा डोहोर्याउँदै । तस्वीरः मिलन अधिकारी काठमाण्डूमा एक विहान देखिएको दृश्य । तस्वीरः रवि मानन्धर विनाशकारी भूकम्पको केन्द्र लाप्राक, गोरखामा हिउँ परेपछि …. । तस्वीरः रसिक महर्जनतस्वीरः स्कन्द गाैतम एकाविहानै चोभारमा साइकल गुडाउँदै । तस्वीरः सुरज ताम्राकार हुस्सु लागेका बेला हिडिरहेका मानिसहरू । तस्वीरः सुरज ताम्राकार हिउँ परेपछि गोसाइकुण्डको लाेभलाग्दो दृश्य । तस्वीरः यबनकुमार थापा मगर २०७४ फागुन २५ गते १८:५२ मा प्रकाशित