Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अदालतको दक्षता र क्षमतालाई अभिवृद्धि गर्नु जरुरी छ: न्यायाधीश सिन्हा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन २२ २०८०
  • 2.6K
    SHARES

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले अदालतको दक्षता र क्षमतालाई अभिवृद्धि गर्नु जरुरी रहेको बताउनुभएको छ । सोमबार डा. रत्नबहादुर बागचन्दद्वारा लिखित ‘साइबर अपराधः अनुसन्धान, अभियोजन र न्याय निरुपण’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उहाँले अदालतको दक्षता र क्षमतालाई अभिवृद्धि गर्नुपर्ने बताउनुभएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले अदालतको दक्षता र क्षमतालाई अभिवृद्धि गर्नु जरुरी रहेको बताउनुभएको छ ।

सोमबार डा. रत्नबहादुर बागचन्दद्वारा लिखित ‘साइबर अपराधः अनुसन्धान, अभियोजन र न्याय निरुपण’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उहाँले अदालतको दक्षता र क्षमतालाई अभिवृद्धि गर्नुपर्ने बताउनुभएको हो । उहाँले ज्ञान र सिपलाई पनि अभिवृद्धि गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले ज्ञान र सिपमा प्रहरी र सरकारी वकिल भन्दापनि अदालत पछाडी रहेको बताउनुभयो । उहाँले दशौँ वर्षदेखि अदालतले कुल बजेटको एक प्रतिशत बजेट पनि नपाउने गरेको भन्दै यसले दक्षता र क्षमता अभिवृद्धि गर्न नसकिएको बताउनुभयो । दक्षता र क्षमताको बिकास गर्न र पूर्वाधार विकासका लागि बजेट माग गर्दा पनि पाउन नसकेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘हाम्रो विज्ञता, दक्षता, क्षमता, ज्ञान, सिपका कुराहरुलाई अभिवृद्धि गर्न अत्यन्त जरुरी छ । त्यसमा हामी अदालत बास्तवमा प्रहरी या अनुसन्धानकर्ता, सरकारी वकिल अभियोजनकर्ता भन्दा सायद मलाई लाग्छ अदालत केही पछाडी नै छ । हामीहरुको खर्चको हिसाब गर्नुहुन्छ भने ०.३४÷०.३५ प्रतिशत मात्रै हामीले बजेट पाइराखेका छौँ दशौँ वर्षदेखि । एक प्रतिशत त बजेट दिनुस् । कमसेकम हाम्रो दक्षता, क्षमता, बिकास गर्नका निमित्त, पूर्वाधार विकास गर्नका निमित्त केही पाउँ भनेर हामी मागिराखेका छौँ । देश, काल, परिस्थिति देखाइएको छ त्यसले गर्दा न्यून बजेटमा हामीले काम गर्नुपरिराखेको छ । तथापी जेजति हामीसँग उपलब्ध स्रोत र साधनहरु छन् त्यसमा अदालतपनि केही न केही अगाडी बढेकै छ ।

FINAL.00_00_38_15.Still002.jpgन्यायाधीश सिन्हाले अदालतले न्यून बजेटमा उपलब्ध स्रोत र साधनमा काम गरिरहेको बताउनुभयो । उहाँले आपसी अन्तरक्रिया र छलफलहरुमार्फत् अदालतले पनि नयाँ–नयाँ ज्ञान र सिपहरु पाउने भन्दै सरोकारवालाहरुका बिचमा आपसी अन्तरक्रिया गरिरहनुपर्ने बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४