Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दैलेखबाट सांसद चुनिए थापा र शाही


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर ८ २०७९
  • 3.7K
    SHARES

काठमाडौं । दैलेखबाट एकीकृत समाजवादीका अम्मरबहादुर थापा र नेपाली कांग्रेसका दिक्पाल कुमार शाही प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । थापा क्षेत्र नम्बर १ बाट र शाही २ बाट सांसद पदमा विजयी भएका हुन् ।

थापाले नेकपा एमालेका उम्मेदवार रविन्द्रराज शर्मालाई ८४९ मत अन्तरले हराए । थापाले १८ हजार २५६ मत पाउँदा शर्माको पक्षमा १७ हजार ४०७ मत पर्यो । राप्रपाकी महामन्त्री कुन्तीकुमारी शाही ४ हजार ६०२ मतसहित तेस्रो भइन् ।

यसैगरी दैलेख क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दिक्पालकुमार शाही निर्वाचित भए । नेकपा एमालेका लक्ष्मीकुमार पोख्रेललाई १५३ मतान्तरले हराउँदै शाही सांसद चुनिएका हुन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार शाहीले २० हजार १५८ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पोख्रेलले २० हजार ५ मत पाए । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का केशेन्द्र कार्कीले ३ हजार ८३, राष्ट्रिय स्वतन्त्र पार्टीका बखत भण्डारीले ७१३ र राप्रपाका लोकेन्द्रराज गिरीले ४८९ मत पाए ।

४७ हजार १९४ मत खसेको यो क्षेत्रमा २ हजार ७४६ मत बदर भएको छ ।

प्रदेश सभातर्फ क्षेत्र नम्बर १को १ बाट नेपाली कांग्रेसका पूर्णबहादुर खत्री र १ को २ बाट कांग्रेसकै कृष्णकुमार बीसी विजयी भए ।

यसैगरी क्षेत्र नम्बर २ को १ बाट कांग्रेसकै घनश्याम भण्डारी र २ बाट एमालेका विनोद कुमार शाह विजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४