Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

समानुपातिकतर्फ १ करोड ७ लाख गणना, कुन दलले कति पाए मत ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन २७ २०८२
  • 3.7K
    SHARES

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले फराकिलो मतान्तरसहित आफ्नो अग्रता कायम राखेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको आज बिहान ६:३० बजेसम्मको अद्यावधिक विवरण अनुसार देशभरबाट कुल एक करोड सात लाख ३० हजार ५५१ मत गणना भइसकेको छ ।

हालसम्मको परिणामले परम्परागत ठुला दलहरूलाई निकै पछाडि छाड्दै राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ३५ हजार ६२१ मत प्राप्त गरेको देखाएको छ । यो सङ्ख्या अन्य कुनै पनि दलले पाएको मतभन्दा उल्लेखनीय रूपमा बढी हो ।

त्यस्तै, दोस्रो स्थानका लागि पुराना दलहरूबीच प्रतिस्पर्धा देखिएको छ । प्राप्त विवरण अनुसार नेपाली कांग्रेस १७ लाख ४७ हजार ७३७ मतसहित दोस्रो स्थानमा रहेको छ भने नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) १४ लाख ४८ हजार ३१८ मत ल्याएर तेस्रो स्थानमा सीमित भएको छ ।

चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले आठ लाख तीन हजार ६२७ मत आफ्नो पोल्टामा पारेको छ । यसैगरी, नयाँ शक्तिको रूपमा उदाएको श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ५८७ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीन लाख २९ हजार ४५७ मत बटुल्न सफल भएको छ ।

आयोगको एकीकृत विवरण अनुसार जनता समाजवादी पार्टी, नेपालले एक लाख ७४ हजार ३०६ र राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ४९७ मत पाएका छन् । त्यसैगरी, जनमत पार्टीको पक्षमा ७८ हजार ९४९ मत खसेको छ भने एकल चिन्ह चक्कि लिएर उठेका दलहरूले ६१ हजार ५३३ मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४