Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नवनिर्वाचित सांसदका लागि रास्वपाको दुई दिने अभिमुखीकरण, कडा आचारसंहिता लागू


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ३ २०८२
  • 1.8K
    SHARES

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूका लागि दुई दिने अभिमुखीकरण तालिम आयोजना गर्ने भएको छ। पार्टीले सांसदहरूको क्षमता अभिवृद्धि तथा संसदीय भूमिकालाई प्रभावकारी बनाउन भन्दै ललितपुर स्थित एक होटलमा तालिम सञ्चालन गर्न लागेको हो।

पार्टी स्रोतका अनुसार तालिमलाई व्यवस्थित र प्रभावकारी बनाउन सांसदहरूका लागि विशेष आचारसंहिता समेत लागू गरिएको छ। तालिम अवधिभर कार्यक्रम हलभित्र मोबाइल फोन प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

त्यसैगरी बाहिरी व्यक्ति वा पाहुनाको प्रवेश, परिवार तथा साथीभाइसँग भेटघाट र फोटो खिच्ने कार्यमा पनि रोक लगाइएको छ। पार्टीले तालिमको गोपनीयता र अनुशासन कायम राख्न यस्तो व्यवस्था गरिएको जनाएको छ।

कार्यक्रममा सांसदहरूलाई संसदीय अभ्यास, विधेयक निर्माण प्रक्रिया, संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने तरिका, सार्वजनिक उत्तरदायित्व तथा राजनीतिक आचरणका विषयमा प्रशिक्षण दिइने बताइएको छ।

तालिममा अनुभवी राजनीतिक व्यक्तित्व, नीति विश्लेषक तथा कानुनी विज्ञहरूले प्रशिक्षण दिने तयारी गरिएको छ। यसबाट सांसदहरूलाई संसदमा नीति निर्माण र बहसमा अझ प्रभावकारी रूपमा प्रस्तुत हुन सहयोग पुग्ने विश्वास पार्टीले गरेको छ।

पत्रकारहरूलाई भने तालिमको उद्घाटन र समापन सत्रमा मात्र उपस्थित हुन अनुमति दिइनेछ। समापन सत्रमा रवि लामिछाने ले विशेष सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

रास्वपाले नयाँ पुस्ताका सांसदहरूलाई संसदीय अभ्यासमा दक्ष बनाउँदै पारदर्शिता, उत्तरदायित्व र अनुशासनमा आधारित राजनीतिक संस्कार विकास गर्ने उद्देश्यले यस्तो अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४