चितवन । प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणनामा चितवनको क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् ।
मत गणनाको सुरुवातीदेखि नै तेस्रो स्थानमा रहेका लामिछाने केहीबेर अघिदेखि अग्रता लिएका हुन् । कालिका १ को मतगणना सुरु भएपछि लामिछानेलाई अग्रता मिलेको छ ।
लामिछानेले ४००७ र एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत पाएका छन् । कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४१० मत प्राप्त गरेका छन् ।
यसअघिसम्म पोखरेलले अग्रता लिइरहेका थिए । काठमाडौंमा मतदाता नामावली रहेका लामिछाने निर्वाचनमा भने चितवन २ राजेका हुन् ।