Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

४ वटा एयरलाइन्स ब्राण्डलाई एउटै कम्पनीमा गाभ्दै एयर इण्डिया


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर २ २०७९
  • 2.5K
    SHARES

काठमाडौं । टाटा समूह एयर इण्डिया लिमिटेडले आफ्नो लगानीमा सञ्चालित चार वटा एयरलाइन्स ब्राण्डलाई एउटै कम्पनीमा गाभ्ने भएको छ । यसबाट अहिले नेपालमा उडान गरिरहेको भारत र सिंगापुरको संयुक्त लगानीमा सञ्चालित भिस्तारा एयरसमेत एयर इण्डियामा गाभिने भएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार टाटा समूहले यो योजना सफल बनाएमा संसारकै शक्तिशाली एयरलाइन्स कम्पनीमध्ये एयर इण्डिया पनि एक हुनेछ । टाटाले भिस्तारालाई समेत एयर इण्डियामा गाभ्ने तयारीका क्रममा सिंगापुर एयरलाइन्ससँग प्रस्ताव गरिसकेको समेत समाचारमा उल्लेख छ ।

टाटा समूहले सरकारी स्वामित्वको एयर इण्डियाको सेयर खरिद गरेको थियो । एयर इण्डिया खरिद गर्नु अगाडि नै भिस्तारा र एयर एसिया टाटाले चलाइरहेको थियो । एयर इण्डिया खरिद गरेपछि भने टाटासँग एयर इण्डिया एक्स्प्रेस समेत समाहित भयो । यसरी अहिले टाटासँग चार वटा एयरलाइन्स कम्पनी रहेका छन् । एयर इण्डिया आक्रामक बजार विस्तारको तयारीमा छ ।

समाचारमा उल्लेख भए अनुसार कम्पनीले निकट भविष्यमै ३ सय वटा जहाज अर्डर गर्ने तयारीमा छ । अहिले नेपालमा भारतबाट एयर इण्डिया, भिस्तारा र इण्डिगो एयरले नियमित उडान गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४