Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महिनावारी सुकेकी ५४ वर्षीया महिला टेस्ट ट्युब बेबीबाट आमा बनिन्


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन ३० २०७५
  • 3.8K
    SHARES

काठमाडौं– महिनावारी सुकेको ४ वर्षपछि काठमाडौंकी एक महिला आइभिएफ अर्थात् टेस्ट ट्युब बेबी पद्धतिबाट आमा बन्न सफल भएकी छन्।

ललितपुरको जालखालेखस्थित अल्का आइभिएफ एन्ड फर्टिलिटी सेन्टरमा टेस्ट ट्युब बेबी विशेषज्ञ डा नुतन शर्मासँग उपचार गराएकी काठमाडौंकी ५४ वर्षीया महिला आमा बनेकी हुन्।

डा शर्मासँग एक वर्षदेखि बाँझोपनको उपचार गराउँदै आएकी ती महिलाको आइतबार राति ९ बजे काठमाडौंको बयोधा अस्पतालमा जुम्ल्याह सन्तान जन्मिएका हुन्। जन्मिएका सन्तानमध्ये छोरीको तौल १ दशमलब ६ र छोराको १ दशमलब ४ छ।

अहिले आमा र दुवै बच्चाको स्वास्थ्य अवस्था राम्रो रहको डा शर्माले जानकारी दिइन्।

उच्च रक्तचापका कारण स्वास्थ्यमा जोखिम आउनसक्ने सम्भावनालाई मध्यनजर गर्दै निर्धारित समय अगावै झन्डै ३७ हप्तामै अप्रेसनद्वारा बच्चा निकालिएको टेस्ट ट्युब बेबी विशेषज्ञ डा शर्माले बताइन्।

‘नेपालको सन्दर्भमा उमेर बढ्दै जाँदा महिलाको हर्माेनमा आउने परिवर्तन, पाठेघरको अवस्था र विभिन्न स्वास्थ्य समस्याका कारण ५४ वर्षको उमेरमा गर्भाधारण हुनु असामान्य हो,’ डा शर्माले भनिन्, ‘त्यसमा पनि गर्भाधारण परिपक्व भएर दुई सन्तान जन्मिनुले बाँझोपनको समस्या भएका बढी उमेर समूहका दम्पतिलाई धेरै राहत मिल्ने विश्वास लिएको छु।’

बढी उमेर समूहको भएकाले ती महिलालाई सुरुवातदेखि नै उच्च जोखिम समूहमा राखेर उपचार गरेको थिएँ,’ डा शर्माले भनिन्, ‘यो सफलताले जस्तोसुकै बाँझोपनको समस्या भएकाहरुको पनि नेपालमै उपचार सम्भव छ भने पुष्टि गरेको छ। त्यसैले सन्तान प्राप्तिको चाहना भएकाहरुले समयमै चिकित्सकसँग परामर्श गर्नु जरुरी छ।’

सामान्यतः महिलाको हकमा ४० वर्ष कटेपछि सन्तान प्राप्तिका लागि जोखिम मानिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४