Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालमा ३७ प्रतिशत नागरिकले लगाए पूर्ण खोप


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक २२ २०७८
  • 7.5K
    SHARES

काठमाडौं, । नेपालमा १८ वर्षमाथिका ३७.३ प्रतिशत नागरिकले कोरोनाको दुबै मात्रा खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कात्तिक २१ गतेसम्म ७४ लाख ३४ हजार ७९७ जनाले दुबै डोज र ८७ लाख ३६ हजार ५३२ जनाले पहिलो डोज खोप लगाएका हुन् ।

जसमध्ये एष्ट्राजेनेका खोपको पहिलो डोज २९ लाख ६ हजार १२६ जना र दोस्रो डोज १६ लाख ८१ हजार ४२३ जनाले लगाएका हुन् । त्यस्तै भेरोसेल खोपको पहिलो डोज ५८ लाख ३० हजार ४०६ जनाले र दोस्रो डोज ४२ लाख ९ हजार ८७७ जनाले लगाएको मन्त्रालयले जनाएको छ ।

जोन्सन एण्ड जोन्सन खोप नेपालमा १५ लाख ४३ हजार ४९७ जनाले लगाएको मन्त्रालयको तथ्यांक छ । नेपालमा २८ गतेदेखि १२ देखि १८ वर्षसम्मका दीर्घरोगीलाई फाइजर खोप दिइँदैछ ।

यसैबीच चीनले नेपाली सेनालाई ३ लाख डोज कोरोनाविरुद्धको खोप दिएको छ । चिनियाँ जनमुक्ति सेनाको तर्फबाट नेपाली सेनालाई प्रदान गरिएको खोप नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गर्नुभएको हो ।

खोपसँगै चीनले १० वटा भेन्टिलेटर र एक सय वटा अक्सिजन कन्सन्ट्रेटर पनि नेपाली सेनालाई उपलब्ध गराएको छ । नेपाली सेनाले आज विज्ञप्ति जारी गरेर चीनको सहयोगले दुई देशबीचका सेनाको सम्बन्ध थप मजबुद हुने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४