Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तीनवटा अस्पताल चहार्दा पनि बेड पाएनन् लोकबहादुरले, घर फर्केपछि मृत्यु !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २१ २०७८
  • 2.3K
    SHARES

जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका–४ का लोकबहादुर परियारलाई पछिल्लो पाँच दिन यता रुघाखोकीले सताएको थियो । स्थानीय बजारमा सानो होटेल सञ्चालन गर्दै आएका उनले पसलबाट औषधि किनेर खाँदै आएका थिए । सोमबार साँझ उनलाई असहज भयो । असहज भएपछि केही साथीको सहयोगमा एम्बुलेन्स बोलाएर उनी जनकपुरधाम पुगे । प्रादेशिक अस्पतालसहित केही निजी अस्पताल पनि चहारे । भर्ना भने कसैले लिएनन् ।

उनी सोमबारै राति फर्केर घर आए । मंगलबार बिहान ५ बजेतिर उनलाई सास फेर्न असहज भयो । नजिकै रहेको आरपी मेडिकल जान लागे । तर, त्यहाँ जाने क्रममा एक्कासी लडेर उनको मृत्यु भएको वडा सदस्य रामबाबु रवीदासले बताए । उनको शव लडेकै ठाउँमा रहेको छ ।

‘उहाँको श्रीमती र छोराछोरी ५ महिना अगाडि नै निजी कामका लागि भारतको दिल्ली गएपछि उहाँ एक्लै होटेल सञ्चालन गर्दै आउनुभएको थियो,’ वडा सदस्य रवीदासले भने, ‘सोमबार स्वास्थ्यमा समस्या आएपछि एम्बुलेन्स बोलाएर जनकपुरधाम जानुभयो । तर, रकम अभावमा भर्ना हुन नपाउँदा फर्केर आएको सूचना पाएको छु ।’

परियारमा कोरोनाको जस्तै लक्षण रुघाखोकी लागेको थियो । रुघाखोकीले सास लिन नै कठिनाइ भएपछि उनी उपचारका लागि जनकपुरधाम गएका थिए । ‘उहाँलाई अक्सिजनको कमी देखिएको थियो,’ परियारलाई लिएर जनकपुरधाम गएका एम्बुलेन्सका चालक रामबाबु महतोले भने, ‘अक्सिजन हालेरै जनकपुरधामको जानकी हेल्थ केयर र रामजानकी अस्पताल लग्यौं । तर, ती दुवै अस्पतालमा रकम डिपोजिट गर्न भनेपछि परिवारले नै जम्मा गरेनन् ।’

यसपछि उनलाई प्रादेशिक अस्पताल जनकपुरधाम पनि लगिएको महतोले बताए । ‘त्यहाँ उनलाई भर्ना नै गरेनन,’ एम्बुलेन्स चालक महतोले भने, ‘भर्ना लिन नपाएपछि उहाँले घर छाडिदिन भन्नुभयो । र, मैले घर छाडिदिएँ ।’

कोरोनाको जस्तै लक्षण देखापरेका परियारको मृत्यु भएपछि उनको स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली बोलाइएको वडाध्यक्ष दीपरमण दाहालले बताए । ‘स्वाब संकलनपछि अन्य काम अगाडि बढाउँछौं,’ उनले भने ।

निजी अस्पतालले रकम जम्मा गर्न भनेपनि प्रदेश सरकारअन्तर्गत रहेको प्रादेशिक अस्पतालले समेत उनलाई भर्ना नगरेको विषयमा बुझ्ने काम भइरहेको वडा सदस्य रवीदासले बताए ।

यस सम्बन्धमा बुझ्न खोज्दा प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवको फोन नम्बर उठेन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४