काठमाडौं, / नेपालमा पछिल्लो २४ घण्टामा ७९ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा ३ हजार ३११ जनाको पीसीआर परीक्षण गर्दा ७९ जनाको नतिजा पोजिटिभ आएको हो ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ३१० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७५ जना संक्रमणमुक्त भएका छन् ।योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७१ हजार ४०१ पुगेको छ ।नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।