Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधिसभा प्रत्यक्षतर्फ २ हजार ६५५ उम्मेदवार, महिलाको संख्या ३०३ मात्र


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ ७ २०८२
  • 1.5K
    SHARES

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ २ हजार ६५५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार दर्ता भएका उम्मेदवारमध्ये महिलाको संख्या ३०३ मात्रै रहेको छ भने पुरुष उम्मेदवार २ हजार ३५२ रहेका छन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मंगलबार साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गरेका उम्मेदवारलाई दर्ता गर्न दिइने व्यवस्था गरिएको थियो । सोही कारण कतिपय जिल्लामा रातिसम्म पनि उम्मेदवारी दर्ता हुने जनाएको आयोगले जनाएको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुने संवैधानिक व्यवस्था छ । समानुपातिक तर्फको उम्मेदवारी दर्ता भने यसअघि नै गत पुस १३ र १४ गते सम्पन्न भइसकेको छ ।

प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता सम्पन्न भएसँगै अब उम्मेदवारको प्रारम्भिक सूची प्रकाशन, उजुरी दर्ता तथा छानबिनलगायतका प्रक्रिया अघि बढ्ने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४