गजल
प्रिय नखोज न खुसिको मुहान यो त आफैसग हुन्छ
तोकिएको हुदैन दुखिको चिहान यो त आफैसग हुन्छ
महोदय हर प्रेममा मस्त हुनेको मस्ती उजाडिएको छ
मुर्ख छ प्रेमि दिने कि नदिने त्यो त आफैसग हुन्छ
प्रिया
सन्यासी संसारमा नै स्वर्गका परिले नाच देखाउछन
ध्यानिले भंग गर्नेकि नगर्ने ध्यान यो त आफैसग हुन्छ
कलियुगमा एक सासबाट धेरै आशा जिबित हुन्छन
रातपछि हुन्छ कि हुदैन बिहान यो त आफैसग हुन्छ
“गजल”कार रामचन्द्र खड्का