Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भ्रष्टाचारविरुद्ध पोखरामा कविता र नाटक


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ३० २०८०
  • 2.1K
    SHARES

आवाजहरु ओ ! आवाजहरु,
अनुहारको कुन तप्काभित्र बसिरहेछौ ?

चियापसलमा भेटिन्छन् राष्ट्रियताका ठूलाठूला हाँक
र संसद भवनमा भेटिन्छन्–जोकरहरुको हुल ।’

कवि बाबु साहेबले पोखरामा भ्रष्टाचार त्यसका लागि राजनीतिक दलबाटै भइरहेको बेथितिविरुद्ध शनिबार कविताबाट आक्रोश पोखे । कविताबाटै नागरिकलाई ‘अब त बोल्नुपर्छ’ भन्दै नागरिकलाई सुसूचित गरे ।
साहित्यकार तथा रंगकर्मी परिवर्तनले मुक्तक सुनाए । उनले मुक्तकबाटै भनेः

‘मैले फुटेकालाई जुट भनेको थिएँ ।
बग्ने नै छ नदी अटूट भनेको थिएँ ।
त्यही कारणले मेरो हातमा हत्कडी लगाइयो,
मैले सुतेकालाई उठ भनेको थिएँ ।’

बृहत नागरिक आन्दोलन, पोखराले शनिबार पोखरामा आह्वान गरेको भ्रष्टाचार तथा त्यसको ढाकछोपविरुद्धको कार्यक्रममा उनीसहित आधा दर्जन कविले कविता वाचन गरे, सडक नाटक देखाए ।

राजनीतिक दलका नेताहरु नै जोडिएको नक्कली भुटानी शरणार्थीदेखि विभिन्न भ्रष्टाचारका प्रकरणमा निष्पक्ष छानबिन र कारवाहीका लागि अहिले देशैभरि विरोध कार्यक्रम भइरहेको छ ।

अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीहरु नै जोडिइरहेकाले अब बाँकी भ्रष्टाचारका फाइलहरु पनि खोलिनुपर्ने अधिवक्ता दीपक पराजुलीले बताए । ‘जति पनि फाइलमा बन्द छन्, भ्रष्टाचारका काण्ड, अब ती सबै खोलिनुपर्छ,’ उनले भने, ‘अब त्यसलाई लुकाउन दिइनुहुँदैन । हामी त्यसैका लागि सडकमा आएका छौं ।’

वरिष्ठ रंगकर्मी अनुप बरालले राज्य संयन्त्रबाटै अपराधिक काम भइरहेकाले नागरिक तहबाटै विरोध हुनुपर्ने बताए । उनले नेपालीलाई शरणार्थी बनाउने राज्य संयन्त्रबाटै संगीन अपराध भएको आरोप लगाए ।

‘त्यसलाई अझ राष्ट्रको नेतृत्वमा बसेका ठूला पद ओगटेका उनीहरुले नै ढाकछोप गर्ने प्रयत्न गरे त्यसले हाम्रो देश भ्रष्टाचारको जरो कति गहिरो र नमिठो तरिकाले संयन्त्रहरुमा गढेको छ पोष्टमार्टमा गरेको छ’, बरालले भने ।

अभियन्ता गनेस पौडेलले पाइलापाइलामा भ्रष्टाचार बढेर गएकाले नागरिकले विद्रोह गर्नुपर्ने बाध्यतात्मक स्थितिमा आइपुगेको सुनाए । ‘बाटोमा भ्रष्टाचार छ । ढलमा भ्रष्टाचार छ । नलमा भ्रष्टाचार छ’, उनले भने, ‘कहिलेकाहीं त लाग्छ मैले खाने पानी र मैले फेर्ने श्वासमा पनि भ्रष्टाचार छ । मैले बिरामी हुँदा सेवन गर्ने औषधिमा भ्रष्टाचार छ ।’

विरोध कार्यक्रममा पोखरा थियटरका कलाकारले सडक नाटक प्रस्तुत गरेका थिए । उनीहरुले मौलाइरहेको भ्रष्टाचार र विभिन्न राजनीतिक चलखेल र हस्तक्षेपविरुद्ध सांकेतिक प्रस्तुति राखेका थिए । विरोध कार्यक्रममा सुरज उपाध्याय, बाबु साहेब, सुरेश रानाभाटलगायतले कविता सुनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४