Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपा सभापति रवि लामिछानेको अभियोग फिर्ता रिटमा मंगलबार पनि सुनुवाइ हुने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ३ २०८२
  • 893
    SHARES

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछाने विरुद्ध सहकारी ठगीसँग सम्बन्धित संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयबिरुद्ध दायर रिटमा मंगलबार पनि सर्वोच्च अदालतमा सुनुवाइ हुनेछ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आइतबारदेखि सुनुवाइ निरन्तर चलिरहेको छ।

आइतबार र सोमबारको बहस अझै नसकिएपछि सुनुवाइ हेर्दाहेर्दैमा राखिएको थियो। गत पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन रहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटाउन जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्।

महान्यायाधिवक्ताको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानूनका विद्यार्थी आयुष बडाल र युवराज पौडेलले सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेका थिए।

सर्वोच्च अदालतको यस सुनुवाइपछि अब लामिछानेको मुद्दामा महान्यायाधिवक्ता कार्यालयको निर्देशन कायम रहने वा नरहने भन्ने टुंगो लाग्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४