Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा रवि लामिछानेलाई थुनामै पठाउने आदेश !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन २८ २०८२
  • 6.8K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई थुनामै पठाउने आदेश जारी भएको छ ।

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले लामिछानेलाई थुनामै पठाउने आदेश दिएको हो ।

सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा थुनामा रहेका लामिछानेले रिहा गर्न माग गर्दै निवेदन दिएका थिए । उनले साउन १९ गते बैंक ग्यारेन्टीमार्फत रिहाइको माग गर्दै अदालतमा निवेदन दिएका थिए ।

उनले जिल्ला अदालतमा सहकारी ऐनको दफा १३१(क) अनुसार बिगो तिरेर साधारण तारेखमा रिहा गरिदिन आग्रह गरेका थिए ।

तर आज भएको सुनुवाइपछि अदालतले उनको माग अस्वीकार गर्दै थुनामै पठाउने फैसला सुनाएको हो ।

निवेदनमा उनले कानुनी रूपमा उक्त दफा आफ्नो हकमा नपर्ने भए पनि बिगो स्वरूप दुई करोड ८४ लाख रुपैयाँको बैंक ग्यारेन्टी पेस गरिसकेको उल्लेख गरेका थिए । तर, अदालतले माग गरे बमोजिम नुहने फैसला सुनायो ।

अब उनीविरुद्ध मुद्दाको पुर्पक्षमा थुनैबाट प्रक्रिया अगाडि बढ्नेछ । अदालतको आदेशसँगै लामिछाने पक्षको रिहाइको प्रयास तत्कालका लागि असफल भएको छ ।

लामिछाने गत वर्ष चैत २२ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४