Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्ववियु निर्वाचनमा नेविसंघ पहिलो : क्रान्तिकारीको बलियो उपस्थिति, कसले कति जिते ‘सूची’


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र ६ २०८१
  • 2.1K
    SHARES

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नतिजा अन्तिम चरणमा पुगेको छ । प्रमुख विद्यार्थी संगठनहरूबीचको प्रतिस्पर्धामा कुनै ठूलो अन्तर नदेखिए पनि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) अग्रस्थानमा रहेको छ भने नेकपा एमाले निकट अनेरास्ववियु दोस्रो स्थानमा छ । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको बलियो उपस्थिति देखिएको छ ।

नेविसंघका प्रवक्ता सुरज सेजुवालका अनुसार, हालसम्म १०९ आंगिक तथा सामुदायिक क्याम्पसहरूमा उनीहरूले जित दाबी गरेका छन् । विशेष गरी काठमाडौंका चार आंगिक क्याम्पसहरू- थापाथली इन्जिनियरिङ क्याम्पस, आयुर्वेद क्याम्पस, महाराजगञ्ज चिकित्सा क्याम्पस र नर्सिङ क्याम्पसमा नेविसंघ विजयी भएको छ ।

अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले ९१ क्याम्पसमा विजय हासिल गरेको जानकारी दिएका छन् । अनेरास्ववियुले ११ आंगिक क्याम्पससहित काठमाडौंका महेन्द्र रत्न क्याम्पस ताहचल, ललित कला क्याम्पस, र नेपाल कमर्स क्याम्पसमा नेतृत्व लिएको छ । अन्य प्रदेशगत नतिजाअनुसार, अनेरास्ववियुले कोशीमा १५, मधेसमा ३, बागमतीमा २२, गण्डकीमा १०, लुम्बिनीमा २३, कर्णालीमा ८ र सुदूरपश्चिममा १० क्याम्पसमा जित निकालेको छ ।

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले पनि महत्वपूर्ण उपस्थिति जनाउँदै ८१ क्याम्पसमा विजय प्राप्त गरेको छ । अध्यक्ष विजयप्रकाश सापकोटाका अनुसार, काठमाडौंका दुई आंगिक क्याम्पस- जनप्रशासन क्याम्पस र सानोठिमी बहुमुखी क्याम्पससहित ७ आंगिक क्याम्पसमा अखिल क्रान्तिकारी विजयी भएको छ । अन्य महत्त्वपूर्ण क्याम्पसहरूमा भोजपुर बहुमुखी क्याम्पस, विराटनगर डिग्री कलेज, नर्सिङ क्याम्पस विराटनगर, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, चितवन इन्जिनियरिङ क्याम्पस रहेका छन् ।

स्वतन्त्र उम्मेदवारहरूको पनि केही क्याम्पसमा जित देखिएको छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्वयम श्रेष्ठ स्वतन्त्र उम्मेदवारका रूपमा अध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै, इन्जिनियरिङ अध्ययन संस्थान (पश्चिमाञ्चल क्याम्पस) मा स्वतन्त्र उम्मेदवार प्रकाश धामी विजयी भएका छन् । यो निर्वाचनको प्रारम्भिक नतिजाबाट विद्यार्थी राजनीतिमा कुनै एकल संगठनको वर्चस्व नरहेको स्पष्ट भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४