Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जलनका सबै बिरामीको निःशुल्क उपचार हुन्छ : स्वास्थ्यमन्त्री पौडेल


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक २८ २०८१
  • 3.3K
    SHARES

काठमाडौँ । स्वास्थ्यमन्त्री तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलनका सबै बिरामीहरूलाई सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको बताएका छन् ।

चालु आर्थिक वर्षका लागि मन्त्रालय आफैँले र आगामी आर्थिक वर्षदेखि विनियोजित बजेटमा नै समावेश गर्ने गरी कस्मेटिक बाहेकका जलन बिरामीहरूको उपचार निःशुल्क गर्ने गरी सम्बन्धित अस्पताललाई परिपत्र गरिएको मन्त्री पौडेलको भनाई थियो ।

मंगलवार अपराह्न जलन पीडितहरूसँगको छलफलमा उनले जलन पीडितका लागि उपचार सेवाको बिस्तार जिल्ला अस्पतालसम्म गर्ने प्रयासमा आफू लागिपरेको पनि बताए । हाल सरकारले ८ वटा अस्पतालमा सो व्यवस्था गरेको भएपनि त्यसलाई जिल्ला अस्पतालसम्म पुर्याउने योजना तय गरिएको पनि मन्त्री पौडेलले बताए ।

उनले भने ‘अहिले हामीले यो ८ वटा अस्पताललाई नै परिपत्र गरिएको छ कि कस्मेटिक बाहेक जलनका सबै बिरामीको उपचार शुल्क मन्त्रालयले व्यर्होर्छ । त्यसअनुसार व्यवस्थापन गर्नु/गराउनु भनेर हामीले सम्बन्धित अस्पतालहरूलाई परिपत्र गरिसकेको अवस्था छ । यो वर्षका लागि मन्त्रालय आफैले स्रोत सुनिश्चित गरेको छ । आगामी वर्षदेखि यो बजेट नै विनियोजन भएर आउँछ ।

मन्त्री पौडेलले जनशक्तिको अभावमा पनि नेपालमा जलनका बिरामीहरूको उपचार प्राथमिक स्वास्थ्य केन्द्रसँग पुर्याउने सम्भावना नभएको पनि स्पष्ट पारे । कार्यक्रममा जलन पीडितहरूले जलनका बिरामीको उपचार सहज बनाउने मन्त्री पौडेलले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४