Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हृदय रोगको शल्य चिकित्सामा नयाँ सफलता


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष ८ २०८०
  • 2.5K
    SHARES

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले हृदय रोग शल्य चिकित्सामा नयाँ सफलता प्राप्त गरेको छ । केन्द्रमा १२ वर्षीय एक बालकको ‘ट्रिकस्पिड भल्भ’ पुरै निकालेर मुटुको बाहिरी खोल (पेरिकार्डियम) बाट भल्भ बनाइ प्रत्यारोपण गरिएको शल्यक्रिया सफल भएको हो ।

केही हप्ताअघि बालकको खुट्टामा चोट लागेर संक्रमण भएपछि उक्त संक्रमणले उनको ट्रिकस्पीड भल्भ नष्ट भएको थियो । डा. रवीन्द्र भक्त तिमलाको टोलीले उक्त भल्भ पुरै निकालेर मुटुको बाहिर पट्टी रहने खोल (पेरिकार्डियम) बेलनाकार भल्भ बनाइ प्रत्यारोपण गरेको थियो ।

उता भल्भले राम्रो काम गरेको हुनाले हप्तौंदेखि उच्च ज्वरो र हर्ट फेलियरले थलिएको उक्त बालक अपरेशनको ४८ घण्टामै वार्डमा सर्न सफल भएको छ ।

यसैगरि ‘टेट्रालग अफ फेलोट’ भनिने रोगको काम नलाग्ने पल्मोनरी भल्भ निकाली मुटुकै दाँया भागको माथिल्लो कोष्ठबाट पल्मोनरी भल्भ बनाइ गरिएको प्रत्यारोपण पनि सफल भएको अस्पताल श्रोतले जनाएको छ ।

यी दुवै प्रविधि नेपालमै पहिलो पटक गरिएको जनाइएको छ । यी नयाँ प्रविधिले गर्दा ट्रिकस्पिड भल्भ पुरै नष्ट भएको र पल्मोनरी भल्भ काम नलाग्ने अवस्था भएको बिरामीलाई अप्रशनपछि शीघ्र स्वास्थ्य लाभ गर्न सहयोग पुग्ने शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका बाल हृदय प्रमुख डा.रवीन्द्र भक्त तिमलाले बताउनुभयो ।

मुटुको दाँया भागमा देव्रे भागमा जस्तो कृतिम भल्भ प्रत्यारोपण गर्दा निकै धेरै समस्याहरु आउने र बालक अवस्थामा कृतिम भल्भको आकार पनि नमिल्ने हुँदा मुटुकै खण्डबाट बनाइएको भल्भ बरदान साबित हुने डा. तिमलाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४