Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

को छन् प्रधानसेनापतिको ‘लाइन’मा ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक २५ २०८०
  • 1.4K
    SHARES

काठमाडौं । नेपाली सेनामा पछिल्लोपटक बढुवाका लागि सिफारिस भइसकेका उपरथी ताराध्वज पाण्डेले एक्कासी राजीनामा दिएपछि भावी नेतृत्वका बारेमा चर्चा सुरु हुन थालेको छ ।

उपरथी पाण्डेलाई प्रधानसेनापतिको रोलक्रममा हुने गरी बढुवा गर्ने बढुवा बोर्डले निर्णय गरे पनि जन्ममिति सम्बन्धी प्रश्न उठेपछि उनले बिहीबार राजीनामा दिएको जनाइएको छ । उपरथी पाण्डेले राजीनामापछिको पेन्सनका लागि पनि शुक्रबार प्रक्रिया अगाडि बढाइसकेको पनि जनाइएको छ ।

भावी प्रधानसेनापतिका क्रममा रहेका उपरथीले राजीनामा दिएपछि अब सेनाभित्र र बाहिर आगामी नेतृत्वका लागि चर्चा सुरु भएको छ । त्यसका लागि रोलक्रममा भने २०७६ साल असोज १७ गते उपरथीमा बढुवा भएका अशोकराज सिग्देलको नाम पहिलो नम्बरमा रहेको छ ।

अब नेपाली सेनाको बढुवा बोर्डले सिग्देलको नाम सिफारिस गर्ने र उनी नै भावी प्रधानसेनापति हुने रोलक्रम देखिएको छ । तर, नेपालका सुरक्षा निकायको उच्च तहमा पुगेका व्यक्तिहरुको विभिन्न कागजातहरु विवादित रहने देखिएकोले उनका कागजातहरुमा कुनै विवाद नदेखिएमा उनी नै भावी प्रधानसेनापति हुने गरी बढुवा हुने निश्चितप्रायः देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४