Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुरक्षाकर्मीलाई रासनको अभाव छ, पोशाक किन्न सकेका छैनौँ : अर्याल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन ४ २०८२
  • 2.2K
    SHARES

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीहरुलाई रासनको अभाव रहेको बताएका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताएका हुन् । उनले सुरक्षाकर्मीहरुले धेरै समस्यामा रहेर काम गर्नुपरेको उल्लेख गरे ।

काठमाडौंमा सशस्त्र प्रहरी बलले बिहानको चियादेखि बेलुकाको खानासम्म २०३ रुपैयाँमा रासनको व्यवस्था गर्नुपरेको बताए ।

सुरक्षा बललाई पोशाक किन्न ३ अर्ब ७ करोड आवश्यक पर्ने भएपनि ६१ करोड १८ लाख मात्रै दिने गरिएको र यसले गुणस्तरीय पोशाक किन्न समस्या रहेको गुनासो गरे । यसबारेमा सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले अपराध नियन्त्रणका लागि सीमामा अभिलेख राख्ने काम गरिरहेको पनि बताए । मनोबलका लागि ५ सय जनाको इन्स्योरेन्स गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४