Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रचण्डलाई रविको सुझाब सरकार ढल्छ कि भन्ने चिन्ता नलिनुहोस् !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ३० २०८०
  • 2.5K
    SHARES

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा”का सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान अघि बढाएकोमा धन्यवाद दिएका छन् । प्रधानमन्त्रीसँग भेटमा लामिछानेले अनुसन्धान अघि बढाएकोमा धन्यवाद दिएका हुन् ।

भ्रष्टाचार नियन्त्रणको अभियानमा आफ्नो पार्टीको सधैँ साथ रहने भएकाले सरकार ढल्छ कि भनेर चिन्ता नलिन पनि उनले आग्रह गरेका छन्  । ‘भ्रष्टाचारका फाइल खोल्दा सरकार ढल्छ कि भनेर चिन्ता नलिनुस् भनेर मैले भनेको छु । अहिलेको छानबिन अघि बढाउनुस् र अरू फाइलहरू पनि खोल्दै जानुस् भनेको छु,’ भेटपछि सभापति लामिछानेले भनेका छन्  ।

रबि लामिछानेसँगको भेटवार्ता प्रधानमन्त्री प्रचण्ड”ले आफू नेतृत्वको सरकारले भ्रष्टाचारका फाइल खोलेको र यसलाई टुङ्गोमा पुर्‍याउने स्पष्ट पारेका थिए । सरकारले भ्रष्टाचारका फाइल खोलेका बेला रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको प्रसङ्ग उठाउँदै प्रधानमन्त्री प्रचण्डले रास्वपा सभापति लामिछानेसँग भने, ‘भ्रष्टाचारका फाइल खोलेका बेला तपाईँहरूले समर्थन नै फिर्ता लिनुभयो ।

हुन त यो संयोग मात्र पनि होला । सरकारले भ्रष्टाचारका यस्ता विषयमा निष्पक्ष र इमानदार ढङ्गबाट छानबिन गर्छ । तपाईँहरू सरकारलाई सहयोग गर्नुस् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भनेका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४