काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा (२) बमोजिम कामु प्रधानन्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सोमबार नै संसदीय सुनुवाइ समितिले श्रेष्ठलाई प्रधानन्यायाधीश पदका लागि अनुमोदित गरेको थियो ।
संवैधानिक परिषद्को सिफारिसमा श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।
यस्तो छ विज्ञप्ति
