Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“मिराज ढुंगाना समूह सडकमा, सर्वपक्षीय सरकारको माग”


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष ७ २०८२
  • 2K
    SHARES

काठमाडौं । सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै ‘जेनजी’ समूहले आज (सोमबार) काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने भएको छ । वर्तमान सरकारले युवा पुस्ताको भावना र आन्दोलनको मर्मलाई आत्मसात् गर्न नसकेको निष्कर्ष निकाल्दै अभियन्ता मिराज ढुंगाना नेतृत्वको समूह १० बुँदे मागसहित सडकमा ओर्लिन लागेको हो ।

आइतबार पत्रकार सम्मेलनमार्फत घोषणा गरिएको यो ‘शान्तिपूर्ण आन्दोलन’ आज बिहान ११ बजे माइतीघर मण्डलामा केन्द्रित हुनेछ । समूहले अहिलेको राजनीतिक निकासका लागि विद्यमान सरकारको विकल्पमा सर्वपक्षीय सरकार गठन हुनुपर्ने मुख्य माग अघि सारेको छ ।

सार्वजनिक गरिएको १० बुँदे मागपत्रमा देशको शासकीय स्वरूपमै परिवर्तनको खाँचो औंल्याइएको छ । पर्चामा उल्लेख भएअनुसार, उनीहरूले राज्यपुनर्संरचना, राजनीतिक स्थिरता र सुशासनका लागि सर्वपक्षीय गोलमेच सम्मेलन वा संविधान परिमार्जन सभामार्फत संविधान पुनर्लेखन गर्नुपर्ने माग राखेका छन् ।

यस्तै, आन्दोलनका क्रममा पक्राउ परेका जेनजी युवाहरूमाथि लगाइएका झुटा मुद्दा खारेज गरी तत्काल रिहाइ गर्न र दमनमा संलग्नमाथि कारबाही गर्न सरकारलाई अल्टिमेटम दिइएको छ । उनीहरूले शक्तिशाली भ्रष्टाचार निर्मुल आयोग गठन, न्यायालयको फैसलाको प्रत्यक्ष प्रसारण, विदेशमा रहेका नेपालीलाई मताधिकार र ‘एकपटकको नेपाली, सधैंको नेपाली’ नीति कार्यान्वयनको माग पनि अघि सारेका छन् । साथै, मिटरब्याज पीडित, सहकारी पीडित र उखु किसानका समस्या तत्काल समाधान गर्नुपर्ने विषय पनि आन्दोलनको एजेन्डामा समेटिएको छ ।

आन्दोलनको नेतृत्व गरिरहेका मिराज ढुंगानाले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले १०० दिनको अवधिमा जनअपेक्षा पूरा गर्न नसकेको आरोप लगाए । ‘हामीले सरकारको १०० दिनको काम हेर्‍यौं, यसले हाम्रो आन्दोलनको मर्म बोक्न सकेन,’ ढुंगानाले भने, ‘अबको आवश्यकता भनेको सबै पक्षलाई विश्वासमा लिएर संवाद गर्न सक्ने र देशलाई निकास दिने राजनीतिक नेतृत्व हो । त्यसैले सर्वपक्षीय सरकार गठन आजको अनिवार्य आवश्यकता बनेको छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४