Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिन्धुलीमा मास्क अनिवार्य


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष १६ २०७९
  • 2.5K
    SHARES

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कोभिड-१९ लाई नियन्त्रण गर्नका लागि सबै नागरिकलाई अनिवार्य रूपमा मास्क प्रयोग गर्न निर्देशन दिएको छ ।

मित्र राष्ट्रहरू चीन र भारतमा कोरोना संक्रमण पुन: तीव्र रूपमा फैलिएपछि जिल्ला प्रशासनले यस्ताे निर्देशन दिएको हाे । जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जिल्लाका सबै सरकारी, सार्वजनिक र निजी संघ संस्थाहरुलाई आफ्ना कार्यालय परिसरमा न्यूनतम स्वास्थ्य मापदण्डको परिपालना गर्न अनुरोध गर्नुभएको छ ।

कोभिड-१९ संक्रमणको नयाँ स्वरुपमा (भेरियन्ट) देखापरेको र त्यसकाे जोखिम तथा असर नेपालमा पनि पर्न सक्ने भएकाले सजग रहन जिल्ला वासीहरुलाई अनुरोध गरिएकोे उहाँकाे भनाइ छ । बढी भीड-भाड हुने स्थानहरुमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्न, एक-अर्कामा भौतिक दूरी कायम राख्न र व्यक्तिगत सरसफाई लगायतका आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्न जिल्लावासीलाई अनुरोध गरेको प्रशासनले जनाएको छ ।

पुस महिना लागेपछि भित्री तराईमा पर्ने सिन्धुलीसँग सीमा क्षेत्र जोडिएका मधेश प्रदेशका भारतका मुख्य नाकाहरूबाट हजारौं भारतीय पर्यटकहरू नेपाल प्रवेश गरेका छन् । सिन्धुली आएका भारतीय पर्यटकहरु मध्धे अधिकांश विपी राजमार्ग हुँदै काठमाडौं प्रवेश गर्ने गरेपछि यहाँ पूर्वसावधानीका उपायहरू अपनाउन थालिएको हो ।

मास्क अनिवार्य

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४