Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रिय स्वतन्त्र पार्टीको टक्कर एमालेसँग


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर ५ २०७९
  • 6.2K
    SHARES

काठमाडौं । सोमबार अपराह्नसम्म ६२ स्थानमा मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न ८ स्थानमा अग्रता लिएको छ । संयोग नै मान्नुपर्छ, ती सबै ठाउँमा उसका निकटतम प्रतिस्पर्धी अरु होइन, नेकपा एमालेका उम्मेदवार छन् ।

काठमाडौं-२ मा सोविता गौतमको प्रतिस्पर्धा एमाले उम्मेदवार मणिराम फूयालसँग छ । काठमाडौं–६ मा शिशिर खनालले एमाले उम्मेदवार सर्वेन्द्र खनालसँग प्रतिस्पर्धा गरिरहेका छन् ।

काठमाडौं-७ मा गणेश पराजुलीले एमालेका श्याम कुमार घिमिरेसँग प्रतिस्पर्धा गरिरहेका छन् । ललितपुर-३ मा तोसिमा कार्कीपछि दोस्रो स्थानमा अमृत खड्का छन् । काठमाडौंका ४ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले लिड गरिरहेको छ ।

काठमाडौं बाहिरका ४ निर्वाचन क्षेत्रमा पनि रास्वपाले लिड गरिरहेको छ, त्यहा पनि अरु दल होइन एमालेकै उम्मेदवारसँग उसको प्रतिस्पर्धा छ । झाप-४ मा शम्भुप्रसाद ढकाल पहिलो स्थानमा छन् भने उनीसँग एमालेका एलपी साँवाले प्रतिस्पर्धा गरिरहेका छन् ।

रुपन्देही–२ मा गणेश पौडेलले एमाले उपाध्यक्ष समेत रहेका विष्णु पौडेलसँग प्रतिस्पर्धा गरेका छन् । कास्की-२ मा माधव प्रसाद कँडेल र एमाले उम्मेदवार विद्या भट्टराई क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । कास्की–३ मा योगराज पौडेल पहिलो स्थानमा छन् भने दामोदर पौडेल बैरागी दोस्रो स्थानमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४