Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“रामेछापमा प्रतिनिधिसभा टिकटमा कांग्रेस र माओवादीकै दावी”


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन २८ २०७९
  • 2.3K
    SHARES

काठमाडौ । रामेछापमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा सत्ता गठबन्धनबीच सिट बाँडफाँडको लागि कार्यदल गठन भएर नै काम अघि बढेको छ ।

कार्यदलले सिट बाँडफाँडको मोडालिटी निर्माणमा जुटदा रामेछाप जिल्लाको प्रतिनिधिसभामा भने सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुवै दलले दावी प्रस्तुत गरेका छन् । गत प्रतिनिधिसभा निर्वाचनमा तत्कालिन माओवादी र एमालेको गठबन्धनबाट प्रतिनिधिसभाको निर्वाचनमा माओवादीका श्याम कुमार श्रेष्ठ निर्वाचित भएका छन् । गत निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका पूर्ण बहादुर तामाङ कान्छारामले श्रेष्ठको भन्दा ६ हजार कम भोट ल्याएका थिए ।

विगतमा निर्वाचन जितेको आधारमा माओवादीले यस पटक पनि पुनः संघमा दावी गरेको भने कांग्रेसले पनि स्थानीय तहको निर्वाचनमा रामेछापमा आफ्नो पार्टी पहिलो भएकाले संघको टिकट पाउनु पर्ने दबाब केन्द्रमा दिएको छ । आगामी निर्वाचनमा कांग्रेसले रामेछापको दुई वटा प्रदेश निर्वाचन क्षेत्र र माओवादीले संघको टिकट लिनेछ । कांग्रेसले संघको टिकट पाएको अवस्थामा माओवादीले प्रदेशको दवै वटा निर्वाचन क्षेत्र पाउने स्रोतको दावी छ ।

माओवादीका एक नेता भन्छन,‘विगतमा पनि माओवादीले जितेको आधारमा यस पटक पनि संघको टिकट आफूहरुले नै पाउनु पर्छ भन्ने दावी स्वभाविक हो ।’स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने – नगर्ने विषयमा अधिकार जिल्ला तहमा दिएपनि यस पटक संघ र प्रदेशको टिकट वितरण सिधै केन्द्रबाट हुने भएको छ । केन्द्रबाट भएको निर्णय जिल्ला तहबाट कार्यान्वयन मात्र हुने भएको हो ।

कांग्रेस रामेछापका एक पदाधिकारी भन्छन, रामेछापमा गत प्रतिनिधिसभाको निर्वाचन देखि स्थानीय तहको निर्वाचन सम्पन्न हुँदाको अवस्थासम्म परिस्थितिमा धेरै फेरबदल आइसकेको छ, यस पटक संघको टिकट कांग्रेसले पाउनु पर्छ भनेर लविङ थाल्छौ ।
सत्ता गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादीले भने संघको टिकटको लागि दावी गरेको छ । तर दुई वटा निर्वाचन क्षेत्रमा एउटा भने पाउनु पर्ने दावी गरेको बताइएको छ ।

गत स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीले ६४ वटा मध्य  एउटा मात्र वडा जित्न सफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४